आशिष भारद्धाज, रोल्पा। रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिकाले गाउँपालिका भित्र रहेका अति विपन्न १५० घरधुरीमा जस्तापाता बितरण गर्ने भएको छ ।
Advertisement
घर निर्माण कार्य सम्पन्न भएको अथवा घर चुहिएर बस्न नमिल्ने परिवारलाई जस्तापाता बितरण गर्ने तयारी गरिएको गाउपालिकाले बताएको हो। गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले प्रत्येक वडाबाट सिफारिस भई आएका जम्मा १५० बिपन्न घर परिवारलाई जस्तापाता उपलब्ध गराउने कार्य सुरु गरिएको बताउनुभयो ।
चालु आर्थिक बर्षमा फुसको छानो विस्थापन कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट खरिद जस्तापाता खरिद गरि असोज महिनामा गाउँपालिका भरि वितरण गर्ने लक्ष्य लिइएको अध्यक्ष घर्तीले बताउनुभयो ।