बझाङ । बझाङमा पहिरो जाँदा सात जना वेपत्ता भएका छन् । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को एक बस्तीमा पहिरो जाँदा सात जना वेपत्ता भएका हुन् ।
Advertisement
गाउँ माथिबाट आएको पहिरोले वडा नम्वर ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले जानकारी दिनुभयो । बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले घटना स्थलमा प्रहरी टोली पठाईएको जानकारी दिनुभयो ।
पानी परी रहेका कारण खोलामा पानीको बहाव बढेका कारण घटनास्थलमा पुग्न समस्या भइरहेको बताइएको छ ।