अनिल खत्री, गुल्मी । गुल्मीमा थप ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकामा ६ जना पुरुषले कोरोना जितेर घर फर्किएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।
भारतबाट आएर गाउँपालिकाको बनाइएको आसुलेशनमा बसेका थिए । संक्रमितहरु १५ दिनसम्म आसुलेशनमा बसेर डिस्चार्ज भएका हुन् ।
शनिवार एक कार्यक्रमको आयोजना गरेर डिस्चार्ज हुनेहरुलाई फूल र डिस्चार्ज पत्र दिएर गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल, प्रमुख प्रशासकीय अधिकृत भण्डारी, स्वास्थ्यकर्मी, कर्मचारीहरुले बिदाई गरेका थिए । ध्यावधिक विवरण अनुसार सत्यवत्रि गाउँपालिका भित्र ११ जना कोरोना संक्रमीत रहेका छन् ।
पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या २७५ जना पुगेका छन् । संक्रमित मध्ये कुल ३८ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।
जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट १ हजार ४ सय ९६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५७२ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।
१५ दिनमै कोरोना जितेर फर्किए गुल्मीका ६ जना युवा
१५ दिनमै कोरोना जितेर फर्किए गुल्मीका ६ जना युवा
Advertisement
तपाईको प्रतिक्रिया