• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

गोल परियोजनाले किसानको आयआर्जनमा टेवा पुर्याउँदै


  •   शनिबार, असार १३, २०७७ मा प्रकाशित
  • झइन्द्र भण्डारी, प्यूठान । कृषि तथा जीविकोपार्जन प्रर्वद्धन कार्यक्रम(गोल) परियोजनाको वार्षिक समिक्षा कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

    Advertisement

    परियोजनाले चालु आर्थिक वर्षमा १ करोड ४ लाख २५ हजार ८ सय २० रुपियाँ बजेट मध्ये ९५ लाख ९९ हजार ५ सय ५५ रुपैयाँ खर्च गरेको बताएको छ । कोरोना भाईरसको संक्रमणले परियोजनाको उद्देश्य अनुरुप सम्पूर्ण कार्यक्रम गर्न नसकिएको परियोजनाका संयोजक मोहन सुवेदीले बताए। स्वर्गद्वारी नगरपालिकामा कृषि तथा पशुपालन क्षेत्रको विकासमा परियोजनाले टेवा पुर्याउँदै आएको छ । परियोजनाले नगरपालिका भित्र १ हजार २ सय ८८ सदस्यलाई आबद्ध गरेको छ । ६० ओटा कृषि तथा पशुपालन समुहको गठन गरि विकासका कार्यक्रमहरू गर्दै आएको कार्यक्रम संयोजक सुवेदीले जानकारी दिए । ती मध्ये ४६ समुह नगरपालिकाको कृषि, पशु सेवा शाखामा दर्ता छन ।समिक्षा कार्यक्रममा बोल्दै नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले परियोजनासँगको सहकार्य तथा साझेदारी गर्दै अगाडि बढेको हुनाले महिला, बालबालिका, कृषि, पशुपालन जस्ता क्षेत्रको विकासमा सफल भएको बताए ।कृषि र पशुपालनले नगरबासीको जीवन परिवर्तन हुने भन्दै त्यसको लागि बस्ती स्तरमा पकेट क्षेत्र बनाएर व्यवसायीकरणतर्फ लाग्नुपर्ने धारणा राखे । त्यसको लागि थप सहकार्य गर्दै जाने उनको भनाई छ । संस्थाका अध्यक्ष गुणेन्द्र बहादुर बस्नेतको उपस्थिती रहेको कार्यक्रममा स्वागत उपाध्यक्ष छन्द बहादुर बस्नेत र सञ्चालन कार्यकारी निर्देशक टिकाराम आचार्यले गरेका थिए । परियोजनाले पालिकाका किसानहरुलाई आवद्ध गरि कृषि तथा पशुपालन क्षेत्र मार्फत आयआर्जनमा सघाउदै आएको हो । परियोजनाले महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सीप तथा क्षमता अभिवृद्धि, कृषि उद्यमीहरूको पहुँच वृद्धि, संकटासन्न समुदायको जीविकोपार्जन, उत्थानशील तथा विकासका लागि वातावरण सिर्जना, कृषि तथा पशुपालन क्षेत्रको विकास, स्वास्थ्य क्षेत्रको विकासमा सहकार्य,लैङ्गिक हिंसाको नियन्त्रण आदि क्षेत्रमा काम गर्दै आएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
    अष्ट्रेलियन एडको आर्थिक सहयोग, आड्रा नेपाल, रुपान्तरण र फुलवारी एकिकृत ग्रामीण बिकास संस्थाको साझेदारीमा परियोजना सञ्चालनमा छ ।

    शनिबार, असार १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह
    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान
    गुल्मीका ३२ उत्कृष्ट उद्यमी सम्मानित, ८ जनाले पाए नगद पुरस्कार
    भैसवा खोलामा पक्की पुल निर्माण सुरु,

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...