प्यूठान। जिल्लाको झिमरुक गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार बसेको आठौं गाउँ सभाले कृषि,रोजगार,स्वास्थ्यलाई विशेष प्राथमिक्तामा राख्दै नीति तथा कार्यक्रम पारित ल्याएको हो । पारित भएको नीति तथा कार्यक्रम अनुसार बजेट तर्जुमा हुनेछ ।
झिमरुक गाउपालिका अध्यक्ष तिलक जिसीद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा बेरोजगारीलाई रोजगारी प्रदान गर्ने उल्लेख छ। कोरोना भाईरसको जोखिमले विदेशबाट गाउँ फर्किएका झिमरुक बासीलाई गाउँमै रोजगार दिने खालका योजना अघि बढाउने नीति गाउँपालिकाले लिएको छ ।‘बेरोजगारीलाई रोजगारी दिने मुख्य नीति अवलम्वन गरिनेछ ।’ त्यसका लागि नीजि क्षेत्र, गैसस क्षेत्रसँग समन्वय र साझेदारी गर्ने, सीप तथा तालिमको व्यवस्था गर्ने छ । नीति तथा कार्यक्रममा भनिएको छ। कृषि र पूर्वाधारको क्षेत्रमा कार्यक्रम सन्चालन गर्न जनतासँग अध्यक्ष कार्यक्रम सञ्चालनका लागि आवश्यक वजेटको व्यवस्था मिलाईने नीति तथा कार्यक्रममा उल्लेख छ ।पशुपालन व्यवसायलाई व्यावसायीकरण गर्न प्रोत्साहन गर्नका लागि घाँस खेती गर्न जग्गा नहुने किसानलाई व्यक्तिगत, कवुलियती र सामुदायिक वनसँग साझेदारी गराउन पहल गरिने उल्लेख छ ।
त्यसैगरि कृषि क्षेत्रलाई विकास गर्न बाँझो जग्गामा खेति गर्न प्रोत्साहित गर्ने नीति पालिकाले लिएको छ । गाउँपालिकाको स्वामित्वमा हुने गरी अवश्यक जग्गा भाडामा लिई वहु(उदेश्यीय ईको सिस्टमवाट कृषि फर्म संचालन गरी कृषकहरुलाई तालिम समेत दिने गरी आवश्यक व्यवस्थालार्इ निरन्तता दिने नीति पालिकाले लिएको छ ।
त्यस्तै, वर्षादको समयमा आकस्मिक रुपमा हुने प्रकोप तथा विपद्लाइ व्यवस्थापन गर्न आवश्यक पहल गरिने नीति पालिकाले लिएको छ । त्यस्तै,निःशुल्क र सर्वसुलभ स्वास्थ्य सेवाका लागि १५ शैयाको अस्पताल स्थापनाको पहल अगाडी बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।