कपिलवस्तु। कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नंबर ७ कुशहवाको वडा कार्यालयमा चोरी भएको छ । गएराती वडा कार्यालयको झ्याल तोडेर कार्यालयको दराज तोडफोड र कागजात समेत च्यातिएको वडा अध्यक्ष मोहम्मद अब्दुल समाद मुसलमानले जानकारी दिनुभयो ।
कुशहवा गाँउको पुर्व एकान्तमा रहेको वडा कार्यालयमा तोडफोड भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको अध्यक्ष मुसलमानले जानकारी दिनुभयो ।
कार्यालयको दराजमा राखीएको मालपोत दस्तुर र राजस्वबाट संकलन भएको नगर रु ३५ हजार चोरी भएको वडा सचिव राकेश चौवेले जानकारी दिनुभयो । एक महिना देखी संकलन भएको राजस्व वडा कार्यालयमै राखीएकोले सेनेटाईजर १ सय थान, साबुन १२० थान, मास्क १ सय थान साथै लुटेर लगेको वडा सचिव चौवेले बताउनु भयो ।।प्रहरी चौकी बढनीका प्रहरी सहायक निरिक्षक विनय श्रीवस्तावले चोरी गर्ने गिरोहको खोजीकार्य जारी राखेको जानकारी दिनु भयो ।