तौलिहवा । लकडाउनका बेला कपिलवस्तुमा एकजनाको हत्या भएको छ।
जिल्लाको कपिलबस्तु नगरपालिका वडा नम्बर ९ हरनामपुरमा मंगलवार राति सवा नौ बजेतिर फरुवाले हानेर एक जनाको हत्या भएको हो ।बाणगंगा नगरपालिकाको कोपवाका ढाडे भन्ने राम लौटन चौधरीले स्थानीय ५० वर्षीय श्याम नाथ तिवारीलाई फरुवाले हानेर मारेका हुन ।ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुष कुमार जोशी अनुसार मृतक तिवारीको बायाँ आँखा किनारमा चोट र घाटी निर काटिएको छ । घटना लगत्तै स्थानीयले आरोपीलाई नियन्त्रणमा लिई रातभरी बाधेर राखेका थिए । ओरापीले मापसे गरेको र सामान्य बिवादमा रामलौटनले तिवारीलाई आवेगमा आई फरुवाले हानेको प्रहरी निरीक्षक जोशीले बताए । थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पिपराको प्रहरी टोली घटनास्थलमा पुगेको छ ।
मृतक तिवारीको शवलाई घटनास्थलमै सिल गरी प्रहरी नियन्त्रणमा राखिएको छ । शवलाई पोस्टमर्टमका लागि अस्पताल पठाईने प्रहरीले जनाएको छ ।