प्युठान । प्रदेश नंवर ५ का दुई छुट्टाछुट्टै स्थानमा बिहिबार दुई जना मृत अवस्थामा फेला परेका छन् । ५ नंवर प्रदेश प्रहरी कार्यालय दाङ तुलसिपुरले दिएको जानकारी अनुसार पाल्पा र नवलपरासीमा १/१ जनाको शब मृत अबस्थामा फेला परेको हो।
पाल्पाको रैनादेविछहरा गाउँपालिका ८ बुढी दमार स्थित छोची जंगलमा स्थानिय अन्दाजी ८८ बर्षीया टेक बहादुर बगाले मृत अबस्थामा भेटिएका छन।
घोप्टो अबस्थामा रहेका उनलाई स्थानीयले मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
यस्तै, नवलपरासी जिल्लाको प्रतापपुर ३ बाउनगढी मन्दिरको नजिक एक भारतिय नागरिक मृत अबस्थामा भेटिएका छन। भारत बिहारको कटैया घर भई विगत २० बर्ष अगाडी देखी प्रतापपुर ३ मा बस्दै आएका बर्ष ७० को प्रेम काँजी चौधरी मृत अबस्थामा भेटिएका हुन।
स्थानीय ३५ बर्षीया मनोहर चौधरीको घरमा काम गर्दै आएका प्रेम चौधरी बिहान बाख्रा चराउन भनि घरबाट निस्केको र साझ अबेर सम्म पनि बाख्रा घरमा नल्याएपछि खोजतलास गर्दै जाँदा मन्दिर नजिकै मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। यी दुईवटै घटनाको प्रहरीबाट थप अनुसन्धान भई रहेको बताइएको छ ।