• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

गण्डकी र प्रदेश नं ५ जोडने सादी खोलाको नाका सिल ।


  •   मङ्गलबार, बैशाख ०२, २०७७ मा प्रकाशित
  • थम्मन थापा बागलुङ। कोरोना संक्रमण फैलिन नदिन अहिले सबैले लक डाउनलाई प्रभावकारी बनाउन विभिन्न उपायहरु अबलम्बन गर्न थालेका छन । विश्व अहिले कोरोना भाईरस कोभिड १९ को संक्रमणले आक्रान्त छ । ठुला विकसित राष्ट्र देखि साना देशहरुमा समेत दिनहुँ कोरोना भाईरसको संक्रमण बढदो क्रममा छ र स्थिती दिनहुँ भयावह बन्दै गईरहेको छ । नेपाल पनि कोभिड १९ बाट अछुतो रहन सकेन । २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहानबाट फैलिएको कोभिड १९ कोरोना भाईरसको संक्रमणबाट अहिले नेपालमा १४ जनामा कोरोना पुष्टी भएको छ । बागलुङमा पनि २ जना संक्रमण भेटिए सँगै नेपाल सरकारले बागलुङमा र्यापिड डाइगोनोस्टिक टेष्ट सुरु सम्पन्न गरेको छ । परिक्षणमा सबैको रिपोर्ट नेभेटिभ आएको छ यद्यपी आम नागरिकमा कोरोनाको भय र त्रास भनें यथावत छ । नेपाल सरकार, प्रदेश सरकार सँगै स्थानिय तहले कोरोना भाईरसको संक्रमण फैलिन नदिन विभिन्न उपायहरु अपनाउने क्रम तिव्र छ । एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्ला देखि अर्को जिल्ला, एक पालिका देखि अर्को पालिका आवतजावतमा अहिले कडाई सँगै ठप्प पारिएको छ । कोरोना संक्रमणको जटिलता र जोखिम बढे सँगै प्रदेश नं ४ र प्रदेश ५ को सिमाना बागलुङ र गुल्मीको सिमाना गलकोट नगरपालिका वडा नं ८ काँडेबास र मुसिकोट नगरपालिका वडा नं ९ अर्लाङकोट सादी खोलामा आजबाट बन्द गरिएको छ । काँडेबा वामीटक्सार सडकमा बाँसको तगालो सहित ताला लगाईएको गलकोट नगरपालिका वडा नं ८ का वडा अध्यक्ष राम प्रसाद कँडेलले जानकारी दिए । एक प्रदेश बाट अर्को प्रदेश, एक जिल्ला देखि अर्को जिल्ला र पालिकामा कोरोना संक्रमण फैलिन नदिन नाकामा तगालो लगाईएको वडा अध्यक्ष कँडेलले बताए । गलकोट नगरपालिका र मुसिकोट नगरपालिकाको आपसी समझदारीमा नाका सिल गरिएको हो । लक डाउन अवधिभर अत्यावश्यकीय कामकाजको लागि गाडी र मान्छे आवतजावत गर्न सकिने मुसिकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष नरेश खरेलले जानकारी दिए । उक्त रुट भएर चल्ने सवारी साधन र हिडडुल गर्ने मानिसले स्थानिय तहमा जानकारी गराउनु पर्ने बताईएको छ । विरामी, खाद्यान्न लगायतका कामकाजको लागि नाका खुलाईने स्थानिय सुरेन्द्र छन्त्यालले जानकारी दिए । यो नाका भएर छिमेकी मुलुक भारत, सुनौली, भैरहवा, बुटवल, पाल्पा, गुल्मीका विभिन्न स्थानमा आवतजावत गर्न सकिन्छ । सोमबार बडिगाड गाउँपालिकाले बडिगाड र गलकोटको सिमाना गिरङदी खोला पुलमा नाका सिल गरेसँगै यो नाका वैकल्पिक मार्गको रुपमा प्रयोग हुने हुँदा उक्त जोखिम कम गर्न नाका सिल गरिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताए । अहिले नाका सिल गरिए सँगै तगालोको चाबी वडा अध्यक्ष राम प्रसाद कँडेल, समाजसेवी सुरेन्द्र छन्त्याल र नाका नजिकका स्थानिय भविलाल गौतम सँग रहने गरि व्यवस्थापन गरिएको छ । गलकोट नगरपालिका वडा नं ८ को सकृयता र व्यवस्थापनमा नाका सिल गर्ने कार्य सम्पन्न गरिएको छ । नाका सिल गरिए सँगै आम नागरिकलाई अत्यावश्यक काम परे दुवै तर्फका वडा कार्यालयलाई आधिकारिक जानकारी गराउनु पर्ने वडा कार्यालयले जनाएका छन । लक डाउनको पुर्ण पालना गरि कोरोना संक्रमणलाई फैलिन नदिन गलकोट नगरपालिका र मुसिकोट नगरपालिकाले आम नागरिकलाई अपिल समेत गरेका छन ।

    Advertisement

    मङ्गलबार, बैशाख ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation