राम बहादुर बिश्वकर्मा,प्यूठान।भारतबाट प्यूठान आएका मल्लरानी गाउँपालिका वडा नंवर ४ का २ जना युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बुधबार प्राथमिक स्वास्थ्य केन्द्र खलंगाबाट रिफर भई आइसुलेसन कक्षमा राखेर उपचार गरिँदै आएको थियो। ती दुबै जनाको स्वाबको नमूना परीक्षणबाट रिपोर्ट नेगेटिभ आएको प्युठान अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा.अमृत पन्थीले जानकारी दिए।भारतसँगका सबै नाका बन्द भएपछि चैत्र १० गते साँझ गौरीफन्टाहुँदै भारतबाट फर्किएका दुबै जनाको कोरोना परीक्षणका लागि स्वाब पठाइएको थियो।शुक्रबार दुबै जनाको परिक्षण नतिजा नेगेटिभ आएको हो।बिरामीको नतिजा नेगेटिभ आएको र उनिहरुको स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएकोले आज नै डिस्चार्ज गरिएको छ।जिल्लामा हाल सम्म कोरोनाको संक्रमण देखा नपरेको तर जोखिम भने उच्च रहेको डा.पन्थीले बताए ।’सर्वसाधरणको बुझाइमा अझै पनि कमी छ, छिमेकी जिल्लाबाट प्रवेश गरिरहेकाले केही भन्ने अवस्था छैन् ‘उनले भने, ‘तर पनि अहिलेसम्मको नतिजाले हामी ढुक्क छौं, तर चुप लागेर बस्ने अवस्था भने छैन।’
प्युठानका दुई जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
प्युठानका दुई जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
Advertisement
तपाईको प्रतिक्रिया