कामना डेली,प्युठान । जिल्लाको सरुमारानी गाउँपालिकाले अति विपन्न परिवारलाई राहत वितरण गर्न सुरु गरेको छ । गाउसरकारले गाउपालिकाको ६ वटै वडा भित्रका दैनिक ज्यालादारी मजदुर र अति बिपन्न परिवारलाई राहत बितरण गर्न थालेको हो। सोमबार सरुमारानी गाउपालिका वडा नंवर ४ भित्रका १५ जना अति विपन्न परिवारका लागि आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य सामग्री वितरण गरिएको छ । वडाध्यक्ष चिन्त बहादुर सोमैले प्रति परिवार २५ केजी चामल, २ केजी दाल,२ लिटर तेल, २ पोका नुन र ४ वटा साबुन वितरण गरेको बताए । उनले वडाभित्रका अन्य दश परिवारलाई मंगलबार खाधान्न सहितका सामाग्री बितरण गरिने जानकारी समेत दिए। गाउपालिकाले लकडाउनको अवधिमा ज्यालादारी मजदुर र अति बिपन्न परिवारलाई आफ्नो दैनिकी चलाउनै मुस्किल भएकाले राहत प्याकेज ल्याएको जनाएको छ ।
सरुमारानीले कोराना नियन्त्रण तथा रोकथाम कोषमा १५ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर घर्तीले जानकारी गराएका छन् ।गाउँपालिकाले सुरूमा अति विपन्न १२० घरपरिवारलाई राहत प्रदान गर्ने निर्णय गरेको घर्तिले सुनाए।सरकारले २५ चैतसम्म बन्दाबन्दी जारी गरेको छ ।
सरुमारानीले दिन थाल्यो बिपन्नलाई राहत
सरुमारानीले दिन थाल्यो बिपन्नलाई राहत
Advertisement
तपाईको प्रतिक्रिया