ओमप्रकाश गुप्ता,सिसहनियाँ । दाङको देउखुरीमा बसको ठक्करवाट मोटरसाईकल चालकको घटना स्थलमै मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत गढवा गाउँपालिका वडा नं. १ जुरेनीमा सोमवार विहान १० बजेर ५५ मिनेटमा काठमान्डौं देखि तुलसीपुर तर्फ जाँदै गरेको बा ६ ख ३९६७ नम्वरको बसले रा १ ब ८१८ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा गंगादेव गाउँपालिका रोल्पाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश पुनमगरको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।त्यस्तै, सोहि मोटरसाइकलको पछाडि बसेका सोहि गाउपालिकाका स्थानिय रमेश वलि गम्भीर घाइते छन् उनलाई लमहीबाट नेपालगन्ज रिफर गरिएको खबर छ । दुर्घटनामा परि बसमा सवार ८ जना यात्रु सामान्ने घाइते भएका छन् । मृतकलाई पोष्टमार्टमका लागि लमही लगिएको छ । भने घाइतेहरूको लमहीमा उपचार भइरहेको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले बताएको छ ।
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Advertisement
तपाईको प्रतिक्रिया