ताैलिहवा । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाको लेखा शाखामा वडा नम्बर ५ का अध्यक्ष लईस पठानले तालाबन्दी गरेका छन् ।
Advertisement
लेखा अधिकृत निराजन लम्सालले जनप्रतिनिधि र सेवाग्राहीलाई अनावश्यक दुःख दिएको भन्दै पठानले लेखा शाखामा ताला लगाएका हुन् ।गाउँपालिकाद्वारा सञ्चालित विकास निमार्णको काममा लेखा शाखाले अनावश्यक दुःख दिने र समयमा काम नगरकोले ताला लगाएको पठानले बताए ।
उपभोक्ता समितिले सम्पन्न गरेको कामममा भुक्तानी दिन ढिलाई गरेको र पटकपटक आग्रह गरे पनि सुनुवाई नभएको उनले आरोप लगाएका छन् ।