ओमप्रकाश गुप्ता,सिसहनियाँ । दाङको देउखुरीमा प्रहरीले ७० क्यू फिट सालको काठ बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय गढवाले बुधबार राति १ बजेको समयमा राजपुर गाउँपालिका वडा नम्बर ७ पटौली नाका मारुरी खोला स्थित बुकीडाँडा सामुदायिक वनबाट सालको काठ बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतसिंह राठोरले जानकारी दिएका छन् । अवैध रुपमा काठ कटानी गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो । बरामद गरिएको काठ कसको हो भन्ने विषयमा अनुसन्धान भैरहेको छ । काठको मुचुल्का बनाई डिभिजन वन कार्यालय देउखुरी लमहीलाई बुझाइएको छ ।
Advertisement