राम बहादुर बिश्वकर्मा, प्युठान । एनआईसी एशिया बैंक लिमिटेड जुम्रि शाखा प्यूठानले पछिल्लो पटक बैंकले ल्याएको ‘न्यू सुपर चमत्कारिक बचत खाता’ योजना अन्तर्गत औषधी उपचार वापतको बीमा रकम बिमितलाई भूक्तानी गरेको छ । प्यूठान नगरपालिका १ खैरा निवासी मधु बस्नेतलाई बीमा दावी भूक्तानी रकम हस्तान्तरण गरेको हो । बैकंले सोमबार एक कार्यक्रमको आयोजना गरि खाता संचालकका श्रीमान भोज बहादुर बस्नेतलाई औषधी उपचार वापतको बीमा ५४ हजार ५ सय ७८ रुपैयाँको चेक हस्तान्तरण गरिएको शाखा प्रमुख नरेश रावलले जानकारी दिनुभयो। बीमित बस्नेत लामो समय देखि पित्त थैलिको समस्या खेपिरहुनुभएको थियो ।स्टार हस्पिटल काठमाडौमा उपचारका क्रममा लागेको सवै खर्च बैंकमा गरिएको बीमा वापत भूक्तानी गरिएको हो । चेक प्राप्त गर्दै बिरामिका श्रीमान भोज बहादुर बस्नेतले बेलाबखत आइपर्ने यस्तै घटनाको सुरक्षाको लागि खाता खोलेको बताउँदै आज उक्त सुबिधा लिन पाउँदा खुशी मिलेको बताउनुभयो।उहाले सुबिधा प्रदान गर्ने बैंकलाई धन्यवाद समेत दिनुभयो ।
हालसम्म मुलुकभर बैंकका ३१३ शाखा कार्यालयहरु छन। ४४९ एटिएम, १०५ वटा एक्स्टेन्सन काउण्टर एवं ४९ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकिङ्ग मार्फत आफ्ना २१ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको बैकं बताउँछ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले पौष मसान्त सम्म २ अरब १ करोड भन्दा बढी नाफा आर्जन गर्न सफल भएको बताएको छ।
एनआइसि एसिया बैंकद्धारा बीमा रकम भुक्तानी
एनआइसि एसिया बैंकद्धारा बीमा रकम भुक्तानी
Advertisement
तपाईको प्रतिक्रिया