ओमप्रकाश गुप्ता, सिसहनियाँ। लमही नगरपालिका ३ नारायणपुरमा जारी श्रीमदभागवत ज्ञान महायज्ञमा अाइतबार सम्म २५ लाख रुपैयाँ दान संकलन भएकाे जनाइएको छ । जस अनुसार प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले नारायणेश्वर मंन्दिरकाे भाैतिक पुर्वाधार निर्माणका लागि सांसद क्षेत्र बिकास काेषबाट १५ लाख रुपैया सहयाेग गर्ने घोषणा गरेका छन् । लमही नगरपालिका ३ निवासी समुन्द्र चौधरीले १ लाख १ सय १५ रुपैयाँ,बालगाेबिन्द चौधरीले १ लाख १ सय ११ रुपैयाँ, अमृत वलीले ४१ हजार ५ सय ५ रुपैयाँ, श्रीगाउँ निवासी दानबहादुर चौधरीले ३५ हजार रुपैयाँ दान गरेका छन् । यस्तै लमही नगरपालिका ३ निबासी नवीन चौधरीले ३५ हजार ७ सय ६५ रुपैयाँ दान गरेका छन् । माघकाे २१ गते सम्म चल्ने महायज्ञमा नेपालकै ख्याती प्राप्त प्रखर वक्ता भागवत भाष्कर अाचार्य गुरूदेव र श्री गोकर्णदेव उपाध्यायको मुखारवृदबाट संगीतमय भजनकृतन,देवलिला झाँकीका साथमा प्रत्येक दिन विहान ११ बजे देखि बेलुका ४ बजे सम्म र रातीको समयमा पनि कथा प्रवचन भइरहेको छ ।
नारायणपुर महायज्ञमा २५ लाख रुपैयाँ दान संकलन
नारायणपुर महायज्ञमा २५ लाख रुपैयाँ दान संकलन
Advertisement
तपाईको प्रतिक्रिया