सुरज भट्टराई,देवदह। रुपन्देहीको देवदहमा हुने छैठौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव -२०७६ को तयारी पूरा भएको छ ।
देवदह ब्यापार संघले मेलास्थलमा पत्रकार सम्मेलन गर्दै महोत्सवको अन्तिम तयारी पूरा भएको जानकारी दिएको हो । बुधबार विहान ११ बजे राष्ट्रिय सभा अध्यक्ष सम्माननिय गणेश प्रसाद तिमिल्सिनाले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।”औधोगीकरण ब्यापार विविधीकरण, पर्यटन प्रवर्द्धन एवं व्यावसायिक कृषि नै समृद्ध राष्ट्रको आधार”भन्ने मूल नाराका साथ घोडाहा स्थित देवदह मन्डवमा यहि माघ १५ देखि माघ २६ गतेसम्म मेला हुन लागेको हो ।महोत्सवमा अशक्त,अपाङ्गता र ७० वर्ष भन्दामाथिका नागरिकलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाइएको अध्यक्ष कोश बहादु गुरुङले बताए । मेलामा हामीलाई दैनिक आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु एकै स्थानमा नै उपलब्ध हुने उहाँले बताउनुभयो । महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई बिशेष प्राथमिकता दिइएको छ । महोत्सवमा २३८ स्टल मध्य अब १०% मात्र बाकी रहेको अध्यक्ष गुरुङले बताउनुभयो । ती स्टलहरुमा लताकपडा , खेलकुदाका सामग्री , दैनिक आवश्यकीय सामग्रीहरु विषेश छुटमा उपलब्ध हुने आयोजकको भनाई छ ।महोत्सवमा अन्तर विद्यालय नृत्य प्रतियोगिता, कपल डान्स प्रतियोगिता, डान्सिङ्ग तथा सिंगिङ्ग आईडल प्रतियोगिता, राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, पञ्छे वाजा प्रतियोगिता, योग शिविर, फोटो प्रदशनी, अन्तर मा.वी विज्ञान प्रविधी प्रतियोगिता तथा प्रदशनी, बालबच्चासहित आउने महिलाका लागि छुट्टै शिशु स्यार कक्ष महोत्सवका आकर्षणका रुपमा रहने आयोजकले जनाएको थियो।मेलामा कृषि, पर्यटन र ऐतिहासिक क्षेत्रका प्रवद्र्धन र यस क्षेत्रमा लगानी भित्र्याउन विभिन्न विषयमा गोष्ठी र अन्तरक्रिया गरिने संघका अध्यक्ष गुरुङले बताए ।
यस्तै,बिभिन्न स्थानीय एवं राष्ट्रिय स्तरका कलाकारहरुले महोत्सवमा आफ्नो प्रस्तुती दिनेछन ।११ दिन सम्म चल्ने मेलामा दैनिक उपभोग्य हरेक सामान पाउने साथै विभिन्न कलाकारहरुको प्रस्तुती समेत हुने भएकाले मेला अझ रोमाञ्चक हुने अपेक्षा रहेको आयोजकले जनाएको छ ।