दाङ । दाङ जिल्लाको राप्ती गाउँपालिकाले थारु समुदायको महान पर्व माघीको अवसर पारेर सोमवार माघी मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ ।
थारु समुदायको बाहुल्यता रहेको राप्ती गाउँपालिकामा थारु समुदायको कला संस्कृति, खानपानको संरक्षण तथा सम्वद्धनका लागि माघि मिलन कार्यक्रमको राप्ती गाउँपालिकाले आयोजना गरेको हो ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षता तथा प्रदेश ५ का प्रदेश सभा सदस्य ईन्द्रजित चौधरीको प्रमुख आथित्यतामा भएको माघी मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा थारु कला संस्कृति झल्कने गीत संगीत तथा नाच र थारु परिकारलाई विशेष प्राथमिकतामा राखिएको थियो ।
स्थानीय सरकारको स्थापना तथा स्थानीय तहमा जनप्रतिनिधि आएसंगै नियमित रुपमा माघी मिलन कार्यक्रमको आयोजना गर्दै आएको राप्ती गाउँपालिकाले यस वर्ष माघी पर्वको अवसरमा स्थानीय कला संस्कृति, भेषभुसाको संरक्षण गर्दै जाने समेत जानकारी गरिएको छ ।
राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वाकुमारी चौधरीको स्वागत तथा शुभकामना सन्देशबाट शुरु गरिएको कार्यक्रममा विभिन्न जातजातिको पहिचानको संरक्षण गर्न स्थानीय सरकार लागीरहेको समेत जानकारी गरिएको छ ।