प्यूठान। कुटपीट गरि श्रीमती हत्या गर्ने एकजनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ।
Advertisement
प्यूठान जिल्लाको नौबहिनी गाउँपालिका १ स्याउलिवाङका स्थानीय ५५ वर्षिय मनप्रसाद सेरचनलाई जिल्ला अदालत प्युठानको आदेशमा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले बताए। अदालतद्धारा पुर्पक्षमा राख्न आदेश गरिए पश्चात गत २ माघमा उनलाई कारागार चलान गरिएको बताईयो । उनका अनुसार मन प्रसादले आफ्नी श्रीमती ५४ वर्षिय निलमणी सेरचनलाई कुटपिट गरी हत्या गरेका थिए । एक महिना अगाडि गत ६ पुसमा मनप्रसादले श्रीमतीको हत्या गरेको र सोही दिन उनलाई पक्राउ गरिएको कार्किले बताए ।