• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

देउखुरीको विकासका लागि मास्टर पलान आवश्यक छ : कानुन मन्त्री केसी


  •   बिहिबार, पुष १७, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,सिसहनियाँ  । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा प्रथम औधोगिक,कृषि तथा व्यापार मेला बिहीबार देखि सुरू भएको छ । ‘कृषि उद्योग व्यापार साँस्कृतिक सम्पदा हाम्रो पहिचान,स्वच्छ सुन्दर सम्वृद्व सिसहनियाँ हाम्रो अभियान’भन्ने मुल नाराका साथ सिसहनियाँ उद्योग वाणिज्य संघको अायोजनामा मेला संचालन गरिएको हो। सिसहनियाँमा बहुउद्देश्यीय सभाहल बनाउने आयोजकको मुख्य उदेश्य छ। मेलाको प्रदेश नम्बर ५ का अान्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी (सोनाम)ले उद्दघाट्न गरेका हुन् ।

    Advertisement

    महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले दाङको देउखुरी क्षेत्रका ४ वटा पालिका मिलेर एउटा मास्टर पलान बनाएर अगाडि बढे देउखुरीको विकास हुने बताएका छन् । साथै उनले प्रदेश नम्बर ५ को स्थायी राजधानी सवैलाई पायक पर्ने ठाउँमा टुंगो लगाउने बताएका छन् । मन्त्री केसीले अहिले सवैको चासोको विषय राजधानी भएकाले यसै वर्ष नै राजधानीको टुंगो लाग्ने र सवैलाई खुसी बनाउने बताए । साथै कार्यक्रमका वक्ताहरूले समग्र राप्ती गाउँपालिकाको पहिचान तथा विकासका लागि महोत्सवले महत्त्वपूर्ण भुमिका खेल्ने बताएका थिए । साथै उनीहरूले यस महोत्सवले पर्यटन वर्षको स्वागत सँगै स्थायी राजधानी बनाउन पनि भुमिका खेल्ने बताएका थिए । संघका उपाध्यक्ष युवराज सेन ठकुरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य गंगा थारू,प्रदेश सभा सदस्यहरू दामा शर्मा ,इन्द्रजित चाैधरी,रेवतीरमण शर्मा , राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष धुव्रराज श्रेष्ठ भारी, नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्बर ५ का अध्यक्ष हेमराज बञ्जाडे, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का धर्मराज अधिकारी ,नेपाली कांग्रेसका दुर्योधन पाण्डे ,राजमोका केशवराज खनाल,राप्ती गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा प्रवक्ता विद्याशरण चाैधरी,राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष जगतप्रसाद पोख्रेल,गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल अाचार्य,देउखुरी उद्योग वाणिज्य संघ लमहीका उपाध्यक्ष खगेश्वर खनाल,स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष प्रकाश विष्ट लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले गरेका थिए । महोत्सवमा १ सय ७० स्टल रहेको छ । २० लाख आम्दानी गर्ने र १ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य राखिएको छ । भने महोत्सव अवधीभर देउखुरी आइडल सञ्चालन हुने छ जसमा प्रथमलाई १५ हजार,दोस्रोलाई १० हजार,तेस्रोलाई ५ हजार र सान्त्वनालाई २ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
    त्यस्तै झाँकीमा प्रथम हुनेलाई १० हजार,दोस्रो हुनेलाई ८ हजार,तेस्रो हुनेलाई ५ हजार र सान्त्वना हुनेलाई २÷२ हजार पुरस्कारको व्यवस्था गरिएको छ । त्यसै गरी कृषि प्रदर्शनीमा प्रथम हुनेलाई १५ सय,दोस्रो हुनेलाई १ हजार र तेस्रो हुनेलाई ५ सय पुरस्कारको व्यवस्था गरिएको छ । महोत्सवमा सर्वसाधारणका लागि टिकटदर ७०, विद्यार्थीका लागि ४० र ६५ वर्ष माथिका जेष्ठ नागरिक,अपांग ,दृष्टिविहिनलाई भने शुल्क लाग्ने छैन् ।१५ दिन सम्म चल्ने महोत्सवमा आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ । त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संभावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्नमा यस महोत्सवको औचित्य रहेको ठहर गरिएको छ ।
    महोत्सवमा जिल्लाको ऐतिहासिक कला, संस्कृति र भाषा सहितको झाँकी प्रदर्शन गरिने अपेक्षा गरिएको छ । भने हस्तकला प्रदर्शनी,कृषि प्रदर्शनी, नेपालको दोस्रो लामो पुल अवलोकन, खौराह ताल अवलोकन,भद्राक्षीदेवी मन्दिर देवीकोटमा दर्शन, राप्ती सामुदायिक होमस्टे बगरापुर,बाघनाथबाबा जंगलकुटी अवलोकन, लगायत अन्य थुप्रै महोत्सवका मुख्य आकर्षणका केन्द्रहरु रहने छन् ।
    महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय,राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजकले बताएको छ । महोत्सवमा मौतको कुवा, झुला, चर्खे पिङ, बाल उद्यान समेत रहेको छ ।

    बिहिबार, पुष १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...