• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

‘नीजगढ विमानस्थलको विकल्प छैन,यो बनाउनै पर्छ र बन्छ ।’ : योगेश भट्टराई


  •   बुधबार, पुष ०९, २०७६ मा प्रकाशित
  • काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन आवश्यक सबै खालका तयारीका लागि काठमाडौं उपत्यकाभित्रका दुई महानगरपालिकासहित १८ वटै नगरपालिका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृत समक्ष आव्हान गरेका छन् ।
    आज मन्त्रालयमा काठमाडौं उपत्यकाका सबै नगरपालिकाका प्रमुख, उप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसँग आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री भट्टराईले सबैको एकतावद्ध प्रयत्नवाट मात्र कार्यक्रम सफल हुने भएकाले सबै एक ठाऊँमा छौं भन्ने सन्देश दिनका लागि पनि भ्रमण वर्ष उद्घाटनमा सबैको सहभागिता अनिवार्य भएको बताए । आफ्नो–आफ्नो भगिनी सम्बन्ध भएका विभिन्न मुलुकका नगरपालिकासँग सहकार्य गरेर त्यहाँका पर्यटक नेपाल ल्याउन आग्रह गर्दै मन्त्री भट्टराईले महानगरपालिका, नगरपालिका तहबाट गरिने अन्तराष्ट्रिय कार्यक्रम भ्रमण वर्षभरी नेपालमै गर्ने बातावरण बनाउपनि आग्रह गरे ।
    भ्रमण वर्ष २०२० एउटा अभियान मात्र भएको उल्लेख गर्दै मन्त्री भट्टराईले भने–‘ मुलुकको समृद्धिको मूल आधार भनेको पर्यटन हो । त्यसैले हामी कम्तिमा एक दशकलाई पर्यटन वर्षका रुपमा मनाउन र दिगो पर्यटनका लागि सबै पुर्वाधार तयार गर्ने अभियानमा छौं ।’ पुर्वाधार विकासकै लागि सरकारले अहिले नयाँ पुर्वाधारमा जोड दिएको र त्यहि अन्र्तगत लुम्विनी, पोखरा लगायतका नयाँ अन्र्तराष्ट्रिय, क्षेत्रीय विमानस्थलको निर्माण कार्य भइरहेको उनले जानकारी दिए । आगामी दुई वर्षपछि काठमाडौं अन्तराष्ट्रिय विमानस्थलले हवाई यात्रुको चाप थेग्न नसक्ने भएकाले नीजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउनुको विकल्प नभएको उनको भनाई छ । मन्त्री भट्टराईले भने–‘काठमाडौंबाट सबै नजिक भएकालले र फास्ट ट्रयाको निर्माण पनि अन्तिम चरणमा पुगेकाले नीजगढ विमानस्थलको विकल्प छैन । यो बनाउनै पर्छ । बन्छ ।’
    नेपाल आउने पर्यटक मध्ये ९० प्रतिशतभन्दा वढी हवाइ मार्गबाट आउने र एक एक मात्र अन्तराष्ट्रिय विमानस्थल काठमाडौमा नै भएकाले काठमाडौले पर्यटकलाई राम्रो इम्प्रेसन दिनुपर्ने मन्त्री भट्टराइले बताए । त्यसका लागि विश्व सम्पदा क्षेत्रमा परेका उपत्यकाका सात सम्पदा जोड्ने साइकल लेन बनाउने देखि, पर्यटक मैत्री सार्वजानिक शौचालय, रात्रीकालीन जीवन, मठ मन्दिरमा लाईटिङ, पदमार्ग निर्माण जस्ता कुरामा यहाँका स्थानीय निकायले बढी ध्यान दिनुपर्ने उनले बताए ।
    कार्यक्रममा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भ्रमण वर्ष २०२० अरु वर्षभन्दा के कुरामा भिन्न छ भन्ने कुरा त्यसको थप विशषतासहित विश्वभर प्रवाह गर्नु पर्ने बताए । भ्रमण वर्षलाई सफल बनाउन महानगरपालिकाले गर्नुपर्ने सबै काममा आफूहरु तयार रहेको र कतिपय काम भइरहेको सन्दर्भ उल्लेख गर्दै उनले आन्तरिक तयारी भन्दा अहिले पर्यटक ल्याउन विदेशमा प्रचारका कार्यक्रम बढी गर्नुपर्ने र त्यसका लागि दुतावासहरुलाई क्रियाशील बनाउनृुु पर्ने बताए ।
    ललितपुर महानगरपालिका प्रमुख चिरीवावु महर्जनले आफूहरुले गत सम्टेम्बरबाटै भ्रमण वर्ष २०२० केन्द्रित कामको शुरुवात गरेको उल्लेख गर्दै पर्यटक आकर्षण गर्न महानगरक्षेत्रमा भएको कामको जानकारी गराए । महानगर क्षेत्रभित्र ब्लु एण्ड ग्रिन याजना अन्र्तगत काम भइरहेको उल्लखे गर्दै उनले सफाईलाई बढी ध्यान दिएर पर्यटकको बसाई लम्ब्याउने र खर्च बढाउने खालका योजना तर्जुमा गरेर काम भईरहेको बताए ।
    कार्यक्रममा बुढानिलकण्ठ, टोखा, भक्तपुर, महालक्ष्मी, किर्तिपुर, गोकर्णेश्वर, चागुँनारायण, तारकेश्वर, दक्षिणकाली, शंखरापुर, चन्द्रागिरी, नार्गाजुन, मध्यपुर ठिमी, सुर्यविनायकलगायतका सबै नगरपालिकाका प्रमुख÷उपप्रमुखहरुले भ्रमण वर्ष सफल पार्न भईरहेका कामको जानकारी गराउनका साथै उद्घाटन समारोहलाई भव्य बनाउन सक्रिय सहभागिताको प्रतिवद्धता व्यक्त जनाएका छन् ।

    Advertisement

    बुधबार, पुष ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    भर्खरै

    • १.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • २.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ३.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ४.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ५.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ७.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ८.
      प्यूठानमा चार जनाको शव फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation