• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

‘नेपाल भ्रमण वर्ष–२०२० लाई भव्य रुपमा सफल पारौँ : योगेश भट्टराई


  •   सोमबार, पुष ०७, २०७६ मा प्रकाशित
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले खेलकुद सम्बद्ध तथा स्यंवसेवी एवं परोपकारी संघ संगठनका प्रमुख तथा प्रतिनिधीहरुलाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई भव्यतापुर्व सम्पन्न गर्न उत्साहजनक सक्रियता र सहभागिताका लागि आग्रह गरेका छन् ।

    Advertisement

    मुलुकको समृद्धिको मूल आधार पर्यटन क्षेत्र भएको र यो क्षेत्रको विकास र प्रवद्र्धनkaa  लागि पुर्वाधारको विकास पहिलो र महत्वपूर्ण शर्त भएको उल्लख गर्दै मन्त्री भट्राईले भन्नुभयो–‘ पछिल्लो समय पुर्वाधारको क्षेत्रमा पनि प्रगति भएको छ तर त्यो पर्याप्त छैन ।’ त्यसैले सरकार र राजनीतिक नेतृत्वको ध्यान ठूला र राष्ट्रिय गौरवका आयोजनामा केन्द्रीत भएपनि यसमा अनेक खालका स्वार्थ समूहले वाधा खडा गर्ने गरेको बताउनुभयो । नीजगढ विमानस्थलको निर्माण कार्य रोक्न हालै सर्वोच्च अदालतले जारी गरेको अन्तिरिम आदेशतर्फ संकेत गर्दै उहाँले भन्नुभयो – ‘काठमाडौको हवाइ यात्रुको चाप व्यवस्थापन गर्न अहिले नीजगढको कुनै विकल्प छैन, म आशावादी छु त्यो गम्भीरतालाई सबै पक्षले वुझ्नेछन् ।’ उहाँले ठूला र राष्ट्रिय गौरबका आयोजना राजनीतिक नेतृत्वको सोचबाट निर्धारण हुने भएकाले यसको निरुपण न्यायलयबाट नहुने बताउनुभयो ।
    टर्कीको इस्तानावुलमा अन्तराष्ट्रिय विमानस्थल बनाउँदा त्यहाँ २४ लाख रुख कातिटएको प्रसंग उल्लेख गर्दै मन्त्री भट्राइले भन्नुभयो–‘हाम्रोमा त्यति रुख पनि काटिदैन । फेरी त्यो विमानस्थल बनाइसकेपछि अन्यत्र ठाऊँमा वृषारोपण गरेर उनीहरुले त्यो भन्दा धेरै रुख हुर्काइसके । अहिले इस्तानावुल विमानस्थल अन्तराष्ट्रिय हवाइ उडानको हब बनेको छ, हामी चाहिँ एउटा हाँगो काट्ने कि नकाट्नेमा बहस गरेर बसिरराख्ने ? चीनले थ्री गर्जेज हाइड्रो बनाउने बेला त्यहाँ पनि यस्तै खालका वहस भए तर चीनले बनाएर छाड्यो, अहिलेको चीनको सम्पन्नताको एउटा आधार त्यहि हाइड्रो भएको छ, मन्त्री भट्राइले भन्नुभयो–‘हाम्रो सरकारको पुरा प्रतिवद्धता नीजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउनेमा छ, त्यो बन्छ ।’

    नेपालमा पर्यटन प्रर्वद्धनका लागि २०२० को क्याम्पियनले मात्र नपुग्ने भएकाले सरकार यो वर्षलाई प्रस्थान विन्दु बनाएर कम्तिमा एक दशकको अभियानमा लागेको उल्लेख गर्दै उहाँले भन्नुभयो–‘तपाइहरुको अन्तराष्ट्रिय सम्पर्क र सम्बन्धलाई यो अभियानमा अधिकतम् प्रयोग गर्नुस् ।’ उहाँको जोड भ्रमणको सिजन हुन्छ भन्ने प्रचारवाट पनि नेपाललाई मुक्त गर्नुपर्नेमा थियो । उहाँले भन्नुभयो–‘अवश्य पनि भ्रमणको निश्चित सिजन हुन्छ । खाडी मुलुकको सिजन जाडोको समय होला, युरोपका देशहरुको पनि खास सिजन होला तर नेपाल सबै सिजनमा खुला भएको मुलुक हो भन्ने भन्ने पनि बुझाउनु जरुरी छ ।’कार्यक्रममा नेपाल ओलम्पिक कमिटीमा अध्यक्ष जीवनराम श्रेष्ठले भ्रमण वर्ष २०२० सरकार र मन्त्रालय विशेषको मात्र काम नभइ आम नेपालीको अभियान भएकाले यो सफल पार्नु पनि सबै नेपालीको दायित्व भएको बताउनु भयो । उहाँले भन्नुभयो–‘त्यहि दायित्व सम्झेर हामी आफ्ना सबै फोरमहरुमा भ्रमण वर्षको सन्देश प्रवाह गर्न प्रतिवद्ध छौं, प्रवाह गरिपनि रहेका छौं ।’

    राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताब्र तिमिल्सिनाले भैमण वर्ष सँग राष्ट्रियताको विषय पनि जोडिएकाले यसलाइृ सफल बनाउन मनत्रालयले कुन खालको सहयोगको अपेक्षा गर्छ त्यो पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो–‘हामी सँग भर्खरै साग खेलकुद भव्यतापूर्वक सम्पन्न गरेको अनुभव पनि छ, त्यो अनुभवका र पर्यटन वर्ष हाम्रो हो भन्ने भावनाका साथ हातेमालो गरेर अघि बढ्न तयार छौं ।’ कार्यक्रममा लाइन्स क्लवका बालकृष्ण सिवाकोटी, रोटरी नेपालका राजेन्द्रकुमार दाहाल, नेपाल स्काउटका लोकबहादुर भण्डारी लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधीले पनि भ्रमण वर्ष सफल पार्न आ आफ्नो ठाऊँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

    सोमबार, पुष ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation