• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ९. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • १०. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

रोकिएन अवैध उत्खन्न, भालुवाङबासीको आक्रोश बढ्दै


  •   बिहिबार, पुष ०३, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,सिसहनियाँ । राप्ती गाउँपालिका १ भालुवाङमा स्थानीयहरुको बुधवार बसेको एक भेलाले राप्ती नदी उत्खनन्का विरुद्धमा विभिन्न निकायमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
    राप्ती सामुदायिक वन उपभोक्ता समुहको कार्यालय भालुवाङमा बसेको स्थानीयहरुको भेलाले यस्तो निर्णय गरेको हो । राप्ती गाउँपालिका कार्यालय मसुरीयाले संवेदनशील चुरे क्षेत्रमा पर्ने राप्ती नदी ,रङसिङ नदी दोभान तथा अन्य बगरहरुमा जथाभावी टेण्डर खुलाई उत्खनन् गर्ने कार्य हुन थालेपछि भालुवाङका स्थानीय बासिन्दा स्वतस्फुर्त आन्दोलनमा उत्रिएका हुन् ।
    राप्ती गाउँपालिका वडा नम्बर १ को पुरानो भालुवाङ बजार स्थित हनुमानगढी मन्दिर देखि बर्राबास सम्म झण्डै २ किलोमिटरको दुरीमा राप्ती नदीको उत्तर तर्फको किनारा घना मानव बस्ती सित सटेको छ । उक्त ठाउँमा हनुमानगढी धार्मिक पर्यटकीय स्थल,सोही ठाउँमा रहेको राप्ती नदीको उत्तर किनारामा रहेको प्रगन्ना सिचाई नहरको एक नम्बर इन्टेक बराखुटी क्यानलको मुहान,दातृ निकायको आर्थिक अनुदान सहयोगमा हालै निमार्ण सम्पन्न भएको अत्याधुनिक इलाका प्रहरी कार्यालय भालुवाङको अढाई तले भवन,सिया र सुन्नी २ मुसनमान समुदायका आस्थाका मस्जिदहरु,नेपाल राष्ट्रिय मावि भालुवाङको भवन र खेलमैदान, दाङको भालुवाङ बर्राबास र अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका लाहपे जोड्ने राप्ती नदीमा बनेको झोलुङगे पुल,स्थानीय बासिन्दाहरुको घनाबस्ती र उनीहरुको नीजि परियोजनका लागि नीजि लगानीमा निर्मित पक्की तथा ग्रावेल गाउँले सडक तथा घर जग्गा राप्ती नदीको उत्तर तर्फ रहेको र राप्ती नदीको दक्षिण तर्फ अर्घाखाँची सितगंगा नगरपालिका वडा नम्बर ८ को सापमरामा रहेको स्थानीय गाउँलेहरुको घनाबस्ती र सोही बस्तीको उत्तर तथा राप्ती नदीको दक्षिण तर्फ सटेको राष्ट्रकै गौरवको आयोजना बड्कापथ सिचाई नहरको निर्माणाधिन मुहानका बिच बाट गिट्टी,ढुंगा,बालुवा ग्रावेल निकाल्न गाउँपालिकाले टेण्डर निकालेपछि स्थानीयहरु आक्रोसित भएका हुन् । उक्त स्थानबाट सरकारको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति खुमलटार ललितपुरले समेत यस्तो संवेदनशीलतालाई ख्यालै नगरी हचुवाका भरमा गाउँपालिकाको कार्यालयले सम्बन्धित सिचाई नहर,धार्मिक समुदाय,सार्वजनिक संस्था,स्थानीय बासिन्दा कोहि कसै सँग सरोकार नराखी फाइल पेश भएको आधारमा अनुमती दिएको भनि आक्रोस व्यक्त गरेका छन् । भालुवाङको उक्त बगरबाट ठेकेदारहरुले जथाभावी उत्खनन्,संकलन र ओसारपसार गर्न थालेपछि स्थानीयहरु आन्दोलित हुँदै आएका छन् । उनीहरुले गत हप्ता ठेकेदारहरुका दर्जनौ टेक्टर रित्तै भगाई दिएका थिए । गएको शनिवार राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई उक्त बगरमै ल्याई टेण्डर बमोजिम उक्त ठाउँबाट नदीजन्य पदार्थ उत्खनन् गर्न पाउनु पर्छ भनि सुरक्षाफौज परिचालन गरी गाउँलेहरुको भावना विपरित गर्न खोज्दा अध्यक्ष सुवेदी र गाउँलेहरु बिच चर्को भनाभन समेत भएको थियो । यस्तो अवस्थामा प्रमुख जिल्ला अधिकारी रिजालले एक आपसमा द्धन्द गरेर समस्या समाधान नहुने भनि गाउँपालिका अध्यक्ष सुवेदीलाई संझाएका थिए । प्रमुख जिल्ला अधिकारी रिजालको संयमतालाई सर्वसाधारण गाउँलेहरुले राम्रो मानेका छन् भने आफुले नै गोप्य मतदानबाट विजय गराएका अध्यक्ष सुवेदीको व्यवहार प्रति खेद व्यक्त गरेका थिए । यसै सन्दर्भमा प्रमुख जिल्ला अधिकारी रिजाल सँग जिज्ञासा राख्दा स्थलगत अध्ययन गर्दा ढुंगा,गिट्टी,बालुवा उत्खनन् गर्न भालुवाङ बगर हरहालतमा उचित नदेखिएको आफुलाई लागेको तर चुरे संरक्षण कार्यालयले कसरी इजाजत दियो यस विषयमा आफु अनविज्ञ भएको बताए ।

    Advertisement

    बिहिबार, पुष ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation