कामना डेली,प्यूठान : प्यूठान नगरपालिकाले नगर क्षेत्रका १ सय ५० जना बालवालिकाहरुलाई पोशाक र शैक्षिक सामग्री सहयोग गरेको छ। शनिवार नगरपालिका कार्यालयमा नगरक्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत दलित, जनजाती बालवालिकाहरुलाई पोशाक र शैक्षिक सामग्री वितरण गरिएको हो। नगरपालिकाका अनुसार १ सय जना दलित र ५० जना जनजाती बालवालिकाहरुलाई एक जोर विद्यालय पोशाक, झोला र एक÷एक दर्जन कापी, कलम सहयोग दिइएको छ ।
लक्षित वर्ग अन्तर्गत विनियोजित तीन लाख रुपैयाँ बजेटबाट सामग्री खरिद गरि बालबालिकालाई प्रदान गरिएको हो । विद्यार्थी र अभिभावक सहभागी कार्यक्रममा बोल्दै नगरप्रमुख अर्जुन कुमार कक्षपतीले शैक्षिक सामग्री अभावकै कारण पढ्नबाट बञ्चित नगराउने उद्देश्यले विपन्न बालवालिकालाई छनौट गरिएको जानकारी गराए । नगरपालिका भित्र संचालनमा रहेका ५२ वटै विद्यालयका बालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यालयहरुले अभिभावकहरुबाट विभिन्न बाहानामा लिएको शुल्क फिर्ता गर्ने अभियान आउँदो पुस महिनाबाट थालनी गरिने समेत कक्षपतीले सुनाए।
प्युठान नगरपालिकाले दियो १५० बालवालिकालाई पोशाक र शैक्षिक सामग्री
प्युठान नगरपालिकाले दियो १५० बालवालिकालाई पोशाक र शैक्षिक सामग्री
![](https://kamanadaily.com/wp-content/uploads/2019/12/inbound357863090737734351.jpg)
Advertisement
तपाईको प्रतिक्रिया