• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ३. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ४. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • १०. भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

मोबाइल दिएर किशाेरी माथी बलात्कार गरेको आरोप


  •   शुक्रबार, मङि्सर २७, २०७६ मा प्रकाशित
  • कपिलवस्तु । मोबाइलको प्रलोभनमा पारेर कपिलस्तुको मायादेवी गाउँपालिका– २ गंगापुर भ्रैसकुन्डाका एक युवाले किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ।स्थानीय २२ वर्षीय अजहर तेली मुसलमानले १६ वर्षीया किशोरीलाई बलात्कार गरेको पीडीत बालिकाको परिवारले आरोप लगाएका हुन् ।लैङ्गीक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहकै बेला सो घटना भएको हो। घटना गत मंसिर १८ गते राति ८ बजेको हो। प्रहरीले घटनाको जाहेरी लिन अस्विकार गरेपछि तौलिहवास्थित माहुरी होम नामक संस्थामा पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन्। पत्रकार सम्मेलनमा पीडीत बालिका, उनका बुवा र दाई तथा केही गाउँलेहरुसमेत सहभागी थिए।पीडीत बालिकाले गाउँकै छिेमेकी दाईले घटनाको १० दिन अघि सिमसहितको मोबाइल फोन दिएर आफुलाई राति पटकपकट भेट्न बोलाउने गरेको बताइन्। घटनाको दिन आफु राति ८ बजेतिर खेतमा रहेको खुर्सानी टिप्न जाँदा अजहरले आफुलाई करणी गरेको बताइन्।

    Advertisement

    करणी गरे पछि घटनाबारे कसैलाई भनेमा ज्यानले मार्ने धम्की दिएका बताइन। ‘अजहरको धम्कीले म निकै डराएको थिए, घरमा कसैलाई भनेको थिएन’ उनले भनिन्।घटनाको अर्को दिन आफुलाई धम्की दिएर मोटरसाइकलमा बसाएर ३ दिनसम्म अपरिचत स्थलमा लगेर फेरी बलात्कार गरेको बताइन्। गाउँबाट ती नाबालिका गाएब भएपछि गाउँमा होहल्ला मचेको थियो। त्यसबारे थाहा पाएपछि अजहरले लुम्बिनी क्षेत्रमा पीडीत बालिकालाई छाडेर भागे। बहिनीलाई लुम्बिनी क्षेत्रबाट गत मंसिर २२ गते साँझ फेला पारेर घर ल्याएको पीडीत बालिकाका दाईले बताए।‘घरमा आएपछि छोरीले सबै कुरा बताई, त्यसपछि प्रहरीमा उजुरी दिन गए तर प्रहरीले उजुरी लिनै मानेन’ पीडीत बालिकाका बुवाले दुःखी हुँदै भने। उनले घटना लुम्बिनीमा भएको हो त्यही दर्ता गराउन भनेर आफुलाई जिल्ला प्रहरी कार्यालयबाट फर्काएको बताए। आफ्नो नाबालिका छोरीलाई बलात्कार गर्नेलाई कडा कारवाही हुनु पर्ने उनले माग गरे।

    प्रहरी उपरीक्षक दीपशमसेर जबराले घटना भएको ठाउँ लुम्बिनी भएकाले त्यतै जाहेरी दर्ता गर्न भनी आफुले पीडीत परिवारलाई पठाएको बताए। माहुरी होमका अध्यक्ष रबि ठाकुरले घटना जिल्लामै भएको र पीडीत बालिका ३ दिनपछि लुम्बिनीमा फेला परेकोले घटना दर्ता जिल्लामै हुनुपर्ने बताउँछन्। घटनापछि अजहर फरार छन्। सो मोबाइलको सिम गाउँकै अगुवा फैजल मुसलमाले बिगारेको पीडीत बालिकाका बुवाको आरोप छ। ‘सिम बिगारेकोले मोबाइलमा कसैको नम्बर नै देखिदैन’ उनले भने। उता फैजलले आफुले सो घटनाको निश्पक्ष छानविन हुनुपर्ने र दोषी देखिए कारवाही हुनुपर्र्ने कुरा मात्र भनेको दाबी गरे। उनले आफुलाई मोबाइलको सिमबारे कुनै जानकारी नभएको बताए।

    मुलुकी संहिता अनुसार १८ वर्ष मुनीका बालिकालाई सहमति वा असहमति दुबै अपस्थमा जवर्जस्तीकरणी भएको कडा मानिने उल्लेख गरिएको छ। १६ देखि १८ वर्षसम्मका बालिकालाई करणी गर्नेलाई १० देखि १२ वर्ष कैद हुन सक्ने प्रावधान छ। घटना भएको एक साता बढी भई सक्दा पनि हालसम्म उजुरी दर्ता भएको छैन भने पीडीत बालिकाको स्वास्थ्य परिक्षणसमेत नहुँदा सबुत प्रमाण नष्ट हुने सम्भावना बढेको छ।

    शुक्रबार, मङि्सर २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ४.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • २.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ३.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ४.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ५.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ७.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ८.
      प्यूठानमा चार जनाको शव फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation