• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

‘स्मार्ट कृषि गाउँ’ कार्यक्रमले कृषकमा थप्याे उत्साह


  •   शनिबार, मङि्सर २१, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान  । कृषि उत्पादन दोब्बर बनाउँदै कृषिमा आत्मनिर्भर प्रदेश बनाउने उद्देश्यका साथ सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रम प्युठानको मरन्ठानामा प्रभावकारी र नमूना बनेको छ । ५ नं. प्रदेश सरकारको ५० लाख अनुदान पाएपछि यहाँका ४०घरधुरी किसान व्यावसायिक तरकारी खेतिमामा आकर्षित भएका हुन् ।प्रदेशसभा सदस्यहरूमार्फत सञ्चालन गरिरहेको यो कार्यक्रम जिल्लाका दुई स्थानमा सञ्चालनमा छ । आर्थिक तथा प्राविधिक सहयोग निरन्तर हुन थालेपछि कृषक उत्साहित भएका हुन् । चार वर्षसम्म निरन्तर सञ्चालन हुने र प्रत्येक वर्ष नै बजेटसमेत विनियोजन हुँदै आएकाले आफूहरू उत्साहित भएको स्मार्ट कृषि गाउँ कार्यान्वयन समितिका उपाध्यक्ष एवं कृषक बोम बहादुर भण्डारी बताउँछन् ।प्युठान नगरपालिका–९ र १० का विभिन्न गाउँलाई लक्षित गरी सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत यहाँ फलफुल र तरकारीलाई प्रवद्र्धन गरिएको छ । यस कार्यक्रममार्फत यहाँका ४० घरधुरी प्रत्यक्ष लाभावन्ति भएका छन् । यो कार्यक्रम प्रभावकारी बन्दै गएपछि यहाँका कृषकले व्यावसायिक रुपमै तरकारी खेती गरेका छन् ।बिउबिजन र टनेल निर्माणमा प्रदेश सरकारले ८० प्रतिशत आर्थिक तथा प्राविधिक सहयोग गरेको छ भने बाँकी २० प्रतिशत स्वयम् कृषकले नै लगानी गरेको स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिले जनाएको छ । यतिबेला यहाँका कृषक तरकारी खेतिमा उत्साहका साथ लागेका छन । विगतमा कृषि प्रर्वद्धनका थुप्रै कार्यक्रम छन् भनेर सुन्ने मात्र गरेको तर अहिले प्रत्यक्ष अनुभव गर्न पाएको उल्लेख गर्दै कृषक भन्छन्, “प्रदेश सरकारले सहयोग गरेपछि हामीलाई निकै हौसला बढेको छ,

    Advertisement

    विगतमा सामान्य तरिकाले कृषि गर्दै आएको अहिले आधुनिक तरिकाले कृषि गर्नाले आम्दानी पनि बढ्दै गएको बताउछ्न । गत आवदेखि सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत प्रत्येक कृषकलाई प्रारम्भमा एक एक वटा टनेल ,भकार सुधार ,शुन्तला जातका बिरुवा वितरण गरिएको थियो ।सोही स्थानकी कृषक सुमित्रा के सि ले भन्छिन्, “तरकारी खेतीमा म नयाँ हो, निकै फाइदा रहेछ, चुलोचौकाको काम सकिएपछि दिनभरिको समय बिताउनै समस्या हुन्थ्यो, अहिले त समय पनि बितेको थाहा हुँदैन, आम्दानी पनि हुन थालेको छ ।” स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिले कृषकहरूलाई आवश्यकताअनुसार विभिन्न सहयोग गर्दै आएको के सि ले जानकारी दिइन ।कृषकलाई थप प्रोत्साहन गर्न समितिले कृषि सूचना केन्द्र पनि सञ्चालनमा ल्याएको छ । स्थानीय कृषकले उत्पादन गरेका कृषि उपजको बजारीकरण र बिक्री वितरणमा सहयोग पुर्याउन सूचना केन्द्र सञ्चालनमा ल्याएको समितिले जनाएको छ ।सूचना केन्द्रले कृषकका उपज तथा पशुपालनको अवस्थाका बारेमा सूचना सङ्कलन गर्ने, उत्पादक र उपभोक्ताबीच समन्वय गराई किसानलाई उचित मूल्य तथा उपभोक्ताले पनि गुणस्तरीय वस्तु पाउने वातावरण सिर्जना गर्न भूमिका खेल्दै आएको समितिका अध्यक्ष दिपेन्द्र के सि ले बताए। यसबाट कृषकहरूमा हौसला बढ्न गई उत्पादन वृद्धि हुने उनको विश्वास छ । प्युठान नगरपालिका ९ , १० मा यो कार्यक्रम सञ्चालनमा छ । दुबै स्थानमा अहिले यो कार्यक्रम प्रभावकारी र नमूनाका रूपमा रहेको कृषि ज्ञान केन्द्र दाङका कृषि अधिकृत टोप बहादुर थापा बताउँछन् ।कृषि क्षेत्रको औद्योगिकीकरण, बजारीकरण, नाफामुखी र दिगो कृषि विकास गरी कृषकहरूको आयस्तर वृद्धि गर्न नमूना कृषि गाउँ कार्यक्रम सञ्चालन गरिएको प्युठान नगरपालिकाका उपमेयर शान्ता आचार्यले बताइन । “प्युठान नगरपालिकाको आर्थिक विकास र समृद्धिको पहिलो आधार कृषि हो,उनले
    भनिन -हिजोको दिनमा हामीले के गरेका थियौँ भनेर हेर्ने होइन, अबका दिनमा आधुनिक कृषि खेतीमा जान सक्नुपर्छ,’आधुनिक तरिकाले कृषि उत्पादन गर्न आग्रह गर्दै कृषकलाई अब बजारीकरणमा समस्या नहुने बताउदै उत्पादित कृषि उपज जिल्लामै खपत गराउने यदि कुनै समस्या रहे खपतका लागि कृषि मन्त्रालय सङ्ग समन्वय समेत भएको उहाँको को भनाइ छ ।उक्त गाउँमा जलवायु स्मार्ट , सिंचाई , पोषकतत्व , प्रविधि , बजार स्मार्ट गरि उपयुक्त स्मार्ट गाउँका लागि ५ वटा आधार तयार गरिएको छ । उक्त गाउँलाई बाली खेतीको रुपमा अगाडि बढाईने प्युठान नगरपालिका ९ का वडा अध्यक्ष नेहरसिह के सि ले बताउनुभयो ।के सिले कार्यक्रम स्वागत योग्य रहेको दर्शाउँदै कृषि र पशुमा स्मार्ट गाउँ बनाउन वडाबाट समेत सहयोग गर्ने आश्वासन दिनुभयो । स्मार्ट कृषि गाउँका रूपमा छनौट भएका गाउँमा खाद्यान्न, तरकारी, फलफूल र पशुपालनलाई जोड दिइएको छ ।  उक्त बजेटले उत्पादनदेखि बजारसम्म कृषकलाई सहयोग गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    शनिबार, मङि्सर २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation