कामना डेली,प्युठान। जिल्लाको झिमरुक गाउँपालिका–२ बादीकोट स्वास्थ्य चौकीमा संचालन गरिएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय ३५ बढी सर्वसाधारण लाभान्वित भएका छन् ।एक दिने निशुल्क शिविरमा बादिकोट क्षेत्रका सुगर, थाईराइड, युरिकेसिड, ग्यास्टिक लगाएतका बिरामीहरुले सेवा लिएका हुन् । शिविरमा बालबालिका,अंपागता भएका बिरामीहरुले समेत स्वास्थ्यउपचार गराएका थिए । आर्थिक अभावकै कारणले उपचार हुन् नसकेका यस क्षेत्रका बिरामीहरुलाई सेवा पुगोस भन्ने उध्यश्यले शिविर आयोजना गरिएको रेडियो स्वर्गद्धारीको ८८.४ मेघार्हज विजुवारका स्टेसन म्यानेजर बिमल प्रसाद पोख्रेलले बताए। उनका अनुसार भिडियो एक्सरे, ल्याब, ओपिडी सहितको शिविर यस क्षेत्रमा पहिलो पटक संचालन गरिएको हो। सनराईज युथ क्लव बादीकोट र रेडियो स्वर्गद्धारीको आयोजना तथा न्यू सुश्री मेडिकल हल विजुवार प्युठान तथा डा. सौरभ आचार्यद्धारा आयोजित शिविरको शनिवार १ सय १० वर्षिय जेष्ठ नागरिक पुतला खत्रिको स्वास्थ्य जाँच गरेर शिविरको उद्घाटन गरिएको थियो । गाउँमै आफनो रोगको उपचार गराउन पाएको भन्दै उनले खुसी व्यक्त गरिन् । यश अघि धेरै शुल्क तिरेर उपचारका लागि टाढा जानुपथ्यो, उनले भनिन्।आउदो दिनमा पनि यस्ता शिविर सञ्चालन गर्न उनले आग्रह गरिन् । दातको समस्या भएकी उनको डा. सौरभ आचार्यले चेक जाँच गरेका थिए ।
डा. आचार्य सहित छवि खड्का बादीकोट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, स्थानिय क्लनीक सञ्चालन गरेका डांक्टरहरुले बिरामीको चेक जाँच गरेका थिए । शिविरमा लामो समयसम्म उपचार नभई घरमै बसेका बिरामीहरुको पनि चेकजाँचका लागि आएका थिए । गाउँमै निशुल्क शिविर मार्फत उपचार गराएका स्थानियहरु खुसी भएका थिए ।
दुर्गममा निशुल्क स्वास्थ्य शिविर, ३ सय ३५ जना लाभान्वीत
दुर्गममा निशुल्क स्वास्थ्य शिविर, ३ सय ३५ जना लाभान्वीत

Advertisement
तपाईको प्रतिक्रिया