• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

निर्वाचन स्थल पुगे कर्मचारी, प्रजिअ भन्छन,’सुरक्षामा कमि हुन्न ।’


  •   शुक्रबार, मङि्सर १३, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ। मंसिर १४ गते हुन थालेको उपनिर्वाचनका लागि  आवश्यक  निर्वाचन सामाग्री लिएर कर्मचारीहरु मतदान स्थल पुगेका छन् । उनीहरुलाई  निर्वाचनका लागि आवश्यक पर्ने सामग्री प्रदान गरेर जिल्ला निर्वाचन कार्यालयले मतदान स्थल पठाएको हो । 

    Advertisement

    कर्मचारी सँगै सुरक्षाकर्मीहरु पनि निर्वाचन स्थल पुगि सकेका छन । कर्मचारी तथा सुरक्षाकर्मीलाई मतपेटी, मतपत्र, आवश्यक पर्ने अन्य सामग्री दिएर मतदान स्थल पठाएको जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । ‘हामीले निर्वाचनका लागि आवश्यक पर्ने सामग्री दिएर कर्मचारीहरुलाई मतदान स्थलमा पठाएका छौँ’,सूचना अधिकारी कुँवरले भने,‘सबै स्थलमा कर्मचारी र सुरक्षाकर्मीहरु पुगिसक्नु भएको छ ।’ निर्वाचनका लागि ४ सय १० जना कर्मचारी र ३ सय २६ जना स्वंयसेवक गरि ७ सय ३६ जना कर्मचारीहरु निर्वाचनका लागि निर्बाचन स्थलमा खटिएका छन । त्यस्तै निर्वाचनका लागि २ हजार बढि सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिका अनुसार सुरक्षा संवेदनशीलताका आधारमा प्रहरी परिचालन गरिएको हो । ‘नियमित चेकजाच सँगै अस्थायी क्याम्प स्थापना गरिसकेको छ’,जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने,‘निर्वाचनलाई स्वच्छ,भयरहित बनाउनका लागि सुरक्षामा कुनै कमी हुने छैन ।’ उनका अनुसार जिल्लामा ६ वटा मतदान स्थल अति संवेदनशील, २६ वटा मतदान स्थल संवेदनशील र २ वटा मतदान स्थल सामान्य रहेका छन । सुरक्षा संवेदनशीलताका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै नेपाली सेनालाई समेत परिचालन गरिएको छ ।  मतदान स्थल पुगेका कर्मचारीहरुले मतदान स्थललाई सिल गर्ने, मदिरा निषेधित क्षेत्र तथा होहल्ला निषेधित क्षेत्र तोकिएको सूचना प्रकाशन गर्ने लगायतका काम गरिरहेका छन् । 

    दाङमा उपनिर्वाचनका ३४ मतदान स्थल र ८२ वटा मतदान केन्द्र रहेका छन् । प्रत्यक मतदान केन्द्रमा ५ जना कर्मचारी र स्वयंसेवक  रहने भएको निर्वाचन कार्यालयले जनाएको छ ।दाङमा २ स्थानमा उपनिर्वाचन हुँदैछ । प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र नं. ३ (ख) र घोराही उपमहानगरपालिका वडा नं. १६ मा वडाअध्यक्ष पदका लागि उम्मेद्वारी हरु चुनाबी प्रतिष्प्रधामा छन् । मंसिर १४ गते हुने प्रदेश शभा ३ ‘ख’ मा ७३ हजार १ सय ७२ जना मतदाता रहेका छन् । जसमा महिला ३७ हजार ३ सय ५ जना र पुरुष ३५ हजार ८ सय ६६  तथा १ जना त्यस्रो लिङ्गी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी कुँवरले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका वडा नं. १,२, १०, ११ मा १६ हजार ७१ जना रहेका छन् । जसमा महिला ८ हजार १ सय ६५ जना र पुरुष ७ हजार ९ सय ५ जना रहेका छन् । दंगीशरण गाऊपालिकामा १५ हजार ६ सय ९६ जना मतदाता रहेका छन् । जसमा महिला ७ हजार ९ सय ८१ जना र पुरुष ७ हजार ७ सय १५ जना रहेका छन् । बबई गाउँपालिकामा १८ हजार ८ सय ४९ जना मतदाता रहेका छन् । जसमा महिला ९ हजार ५ सय ११ र पुरुष ९ हजार ३ सय ३८ जना रहेका छन् । शान्ति नगरगाउँपालिकामा १८ हजार १ सय ३ जना मतदाता रहेका छन् । जसमा महिला ९ हजार २ सय ८३ जना र पुरुष ८ हजार ८ सय २० जना मतदाता रहेका छन् ।त्यस्तै घोराही उपमहानगरपालिका वडा नंं. १६ मा ४ हजार ४ सय ५३ जना मतदाता रहेको छन् । महिला २ हजार ३ सय ६५ जना र पुरुष २ हजार ८८ जना रहेका छन् ।

    शुक्रबार, मङि्सर १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation