चितवन। माडीमा जंगली हात्तीको समूहले गुडिरहेको मोटरसाइकलमा आक्रमण गर्दा दुई जनाको ज्यान गएको छ ।मृत्यु हुनेमा माडी नगरपालिका–१ बरुवाका ६० वर्षीय बाबुराम पौडेल र उनका छोरा ३५ वर्षीय राजु पौडेल छन् । इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक हर्क विश्वकर्माले दिएको जानकारी अनुसार माडी–ठोरी हुलाकी सडकअन्तर्गत माडी– ९ पुरानो अम्बुबा पोष्ट नजिकै शनिबार बिहान चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको हात्तीको समूहले पौडेल बाबुछोरामाथि आक्रमण गरेको हो ।लु३१प २९११ नम्बरको मोटरसाइकलमा बाँदरझुलातर्फ गइरहेका पौडेल बाबुछोरा हात्तीको बथान देखेपछि भागेका थिए । तर, हात्तीले लखेटेर उनीहरुलाई मारेको प्रहरी निरीक्षक विश्वकर्माले बताए ।
Advertisement