टेकबहादुर पुन,लमही । लमही नगरपालिका वडा नम्बर ७ का स्थानिय अाफ्नो गाउँटोल उज्यालो हुने भएपछी हर्षित बनेका छन् । श्री लक्ष्मी रिलेक युवा क्लब लमही ७ जनकपुरले देउँसी भैलोबाट संकलित रकमलाई गाउँटोल उज्यालो बनाउन खर्च गरेपछी स्थानिय खुसी भएका हुन् । कप्तानगञ्ज र जनकपुरका प्रत्यक बिजुलीका पोलमा बत्ती जडान गरेपछी अाफुलाई अत्यन्तै खुसी महसुस् भएको जनकपुर निवासी दोर्ण बहादुर चौधरीले बताए ।
भैलोबाट संकलित रकम मध्य नगद ३० हजार र १५ हजार बराबरको श्रमदान गरि करिब ४५ हजार लागतमा गाउँका प्रत्यक टोलमा २६ वटा बत्ती बालिएको क्लबका अध्यक्ष सर्जुन चौधरीले जानकारी दिए । रातैभरी गाउँ उज्यालो हुने भएपछी बिषालु जिवजन्तुको भय र चोरी डकैती बाटपनि वच्न सकिने अर्का स्थानिय खिमलाल पुनले बताए ।
“गत असोजमा मात्र बेलुका ९ बजेकै समयमा ५ वटा पसल फोडिए, गाउँ उज्यालो भएपछि ती चोरलाई पहिचान गर्न सकिन्थ्यो, उनले भने-अब त चोरी डकैती बाट वच्न सकिन्छ कि भन्ने अाश छ ।” उनी जस्तै गाउँका करिब १ सय घरधुरी खुसी भएका छन् ।”अाफ्नो गाउँ अाफै बनाउ” भन्ने उद्देश्यले उज्यालो मय गाउँ बनाउन कोसिस गरेको युवा सनोज चौधरीले बताए ।
उज्यालो गाउँबाट करिब १ सय घरधुरी प्रत्यक्ष लाभाम्बित भएको उनको भनाई छ । दिपावलीको अबसरमा क्लबको नेत्रित्वमा गाउँका बालबालिका सहित सबै देउँसी भैलोमा सहभागी थिए ।
देउसीभैलोबाट गाउँ उज्यालो,स्थानिय हर्षीत
देउसीभैलोबाट गाउँ उज्यालो,स्थानिय हर्षीत
Advertisement
तपाईको प्रतिक्रिया