कामना डेली,बुट्वल। तिहार गएपछि अब छठ पर्वको माहोल तात्दै गएको छ । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि शुरू भएको छ ।तराई–मधेसको सबैभन्दा ठूलो पर्व छठ चार दिनसम्म मनाइन्छ। सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई व्रतालुहरूले शुद्ध चोखो ‘नहाखाय’ विधि गर्नेछन् । उनीहरूले लौकाको तरकारीसँग भात खाने चलन छ । यो वर्ष छठ पर्वको मुख्य दिन शनिबार परेको छ। शनिबार अस्ताउँदो र आइतबार उदाउँदो सूर्यको अर्घ दिएर छठ पर्व सम्पन्न हुन्छ। खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन छ ।पछिल्लो समय मधेसी समुदायका बीच मात्र होइन छठ पहाडी समुदायका बीचमा समेत लोकप्रिय हँुदै गएको छ । दीपावलीको दिनदेखि छठका गीत बजाउने चलन छ । तिहार र छठ लगभग सँगसँगै शुरु भइसक्छ ।पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने सूर्य आराधनाको यस पर्वलाई ‘छठ’ भन्ने चलन छ ।यो वर्ष छठ पर्वको मुख्य दिन शनिबार परेको छ। शनिबार अस्ताउँदो र आइतबार उदाउँदो सूर्यको अर्घ दिएर छठ पर्व सम्पन्न हुन्छ।
छठको स्वागतमा होमियो तराई
अहिले तराई छठको स्वागतमा होमिएको छ । मधेशवासी अहिले पूर्णरुपमा छठपर्वको तयारीमा जुटेका छन्। छठपर्वको पूजा सामग्री जोरजाम र किनमेल गर्न यतिबेला बजारमा घुइँचो लाग्ने गरेको छ। बजारमा किनमेल गर्ने व्रतालु र तिनका परिवारका सदस्यको भीड बढेको छ । यहाँका छठ घाट बेहुलीझैं सिंगारिन थालेका छन् । स्थानीय एफएमहरूबाट छठका गीत प्रसारण हुन थालेका छन् । चोक–चोकमा माइक लगाएर छठ गीत गञ्जिएका छन् । रोजगारी, शिक्षा तथा अन्य कारणले स्वदेश तथा विदेशमा रहेकाहरू क्रमश: घर फर्कन थालेका छन् । घरघरमा छठ पुजाको प्रसाद पकाउन प्रयोग गरिने पिठो तयार पार्न गहुँ सुकाउने काम भइरहेको छ ।