सागर रिजाल,प्युठान। प्युठानको ऐरावती गाउँपालिका–४ धुवाङ्गमा सिँचाइ कुलो निर्माण भएपछि किसान खुसी भएका छन् । सिँचाइका लागि कुलोमार्फत् पानी ल्याइएपछि यहाँका स्थानीय किसान खुसी भएका हुन् । वर्षौदेखि गाउँमा सिँचाइ नहुँदा खेतीयोग्य जमिन बाँझै थियो । स्थानियले आकाशे पानीको भरमा खेती किसानी गर्नुपर्ने बाध्यता थियो। आर्थिक वर्ष ०७५÷०७६ मा कुलो वनेपछि ऐरावती गाउँपालिका अन्र्तगतका धुवाङ्ग, कैरन र सरङ्गबेसीका किसानहरुले सिचाई सुबिधा पाएका हुन ।०७२ को बाढीले निर्माणाधिन कुलोमा क्षति पुर्याएको थियो।सिँचाई कुलो निर्माण संगै ९६ हेक्टर जमिनमा रहेका खेतहरु सिँचाई हुने छन् ।यसबाट करिब दुई सय ५० घरधुरी लाभान्वीत हुने उपभोक्ता समितीका अध्यक्ष रिद बहादुर रानाले जानकारी दिनुभयो । चार बर्ष अघि वाढीले भत्काएको सिँचाइ कुलोे वृहत सिँचाई कार्यालय तुल्सीपुर अन्र्तगत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र सिचाई डिभीजन कार्यालय प्युठानको सयुक्त आर्थिक सहयोगमा निर्माण गरिएको स्थानिय एंव पद्यमोदय माध्यामिक विद्यालयका शिक्षक पूर्ण सापकोटाले जानकारी दिनुभयो।उहाका अनुसार सिचाईकुलो निर्माण गर्न करिब ७९ लाख रुपैयां लगानी भएको छ । झिलिवाङ्गदेखी बाध निर्माण गरि समुद्धफाँट सिँचाई कुलो निर्माण गरिएको उहाँले बताउनुभयो । स्थानियले दुई किलोमिटर कुलो पक्की गर्नुका साथै एक सय मिटर भन्दा वढी जाली निर्माण, बाध निर्माण कार्य समेत सम्पन्न गरेको उहाँले बताउनुभयो । यस क्षेत्रका किसानहरुले थप बाध निर्माण र सिँचाई कुलोलाई पक्की गराउन थप बजेटको समेत माग गरेका छन् ।
सिचाई कुलो बनेपछि किसान खुसी
सिचाई कुलो बनेपछि किसान खुसी
Advertisement
तपाईको प्रतिक्रिया