दुई लाख नगदसहित ११ जना जुवाडे पक्राउ

कामना डेली,काठमाडौ। नेपाल प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई आज बिहान पक्राउ गरेको छ । प्रहरीले दुई लाख १४ हजार रुपैया नगदसहित एघार जना जुवाडेलाई पक्राउ गरिएको बताएको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–११ गोँगबुमा रहेको पूर्ण लिम्बूको कोठामा जुवा खेलिरहेको अवस्थामा आज साँझ उनीहरुलाई पक्राउ गरेको हो ।वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलो नगद हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेकासँग तास र नगद दुई लाख १४ हजार रुपैया बरामद समेत गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरी वृत्तले जनाएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...