– रिता काफ्ले
दशै ( भोलि टिकाको दिन )
दशै दसा न हो भनेको सुनथे साच्चै नै आज भोग्दैछु ।
दर्शन ढुङगा मा आस्था नराख्ने मान्छे हुम
तर ,आज उही पत्थरलाई भगवान स्वरुप ढोग्दैछु ।।
हुनेखानेहरूको लागि पो आउदो रहेछ दशै,,
हुदा खाने , जस्तै मेरो लागि त कहा हो रैछ दशै,,
त्यसैले त म सोच्दैछु ,
दशै दसा न हो भनेको सुनथे साच्चै नै आज भोग्दैछु ।
दर्शन ढुङगा मा आस्था नराख्ने मान्छे हुम,
तर आज उही पत्थरलाई भगवान स्वरुप ढोग्दैछु ।।
अरूको दखु मा मुस्कुराउने दिन न आवस ,हे प्रभु भन्थे,
तर आज, छिमेकी ती लाहुरे दाईको टिको छेकिदा म
मुस्कुउदैछु,
त्यो हासो केबल गरिबिको उपहार थियो, मलाई,,
उपहार नकार्न सक्दिन म,
त्यसैले त म सोच्ददैछु,
दशै दसा न हो भनेको सुनथे साच्चै नै आज भोग्दैछु ।
दर्शन ढुङगा मा आस्था नराख्ने मान्छे हु म,
तर आज उही पत्थरलाई भगवान स्वरुप ढोग्दैछु ।।
मेरो बाबाले किनिदिएको त्यो एक जोर लुगाको याद त तब आउछ मलाई,
जब, मेरा छोरा छोरिले नयाँ नाना र चिचि भन्दै यी दईु
पाखुरामा लडारिन्छन,
त्यो बािापनमा म अबोध रहेछु, र अहिले मेरा सन्तान अबोध ,
के नै जवाफ दिन सक्छु र ,
हुन्छको सङकेत शिर निहुराई उनिहरु सङ्गै झुमिने गर्छु, भोलि टिका को दिन कसरी कटाऊ म??
त्यसैले त म सोच्ददैछु,
दशै दसा न हो भनेको सुनथे साच्चै नै आज भोग्दैछु
दर्शन ढुङगा मा आस्था नराखी कर्म मा विश्वास गर्ने मान्छे म,
तर आज उही पत्थई खोजी खोजी भगवान ढोग्दै छु ।।।।
हुनेखानेहरूको लागी पो आउदो रहेछ दशै,,
हुदा खाने , जस्तै मेरो लागि त कहा हो रैछ दशै,,
त्यसैले त म सोच्दैछु ,