मधुसुदन पोख्रेल,प्युठान। उद्योग वाणिज्य सघले छुट वजार संचालन गर्न व्यावसायीहरुलाई अनुरोध गरेको छ ।वडादशै तथा शुभ दिपावलीको अवसरमा सम्पुर्ण उद्योगी एवं व्यापारीहरुले आफुले दिदैआएको सेवा सुविधालाई छुटको व्यानर वनाई आम उपभोक्ताहरुलाई छुटको व्यवस्था मिलाउन अनुरोध गरेको हो । बुधवार वसेको कार्यसमितिको बैठकले उपाभोक्तहरुलाई दशैको समयमा महङगीमा नपरुन भन्ने उदेश्यका साथ प्यूठानका सवै वजार इलाकाको नेतृत्वमा छुटको व्यवस्था मिलाउन अनुरोध गर्ने निणय गरेको उद्योग वाणिज्य संघ प्युठानका अध्यक्ष केदारमान कक्षपतिले जानकारी दिनु भयो । उपभोक्ताहरुलाई चाडवाडको समयमा ठगिन नदिन यो व्यवस्था गरेको कक्षपतिले वताउनु भयो । साथै उद्योग वाणिज्य संघले वजार इलाकाको नेतृत्वमा स्थानिय तह संग समन्वयगरी वजार इलाकामा सरसफाई गर्न समेत व्यापारी उद्योगिहरुलाई आग्रह समेत गरेको छ ।
छुट वजार संचालन गर्न उद्योग वाणिज्य संघको अनुरोध
छुट वजार संचालन गर्न उद्योग वाणिज्य संघको अनुरोध
Advertisement
तपाईको प्रतिक्रिया