• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ८. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

बाख्रापालनले उकास्यो आम्दानी


  •   आइतबार, असोज ०५, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,देउखुरी । दाङ्को देउखुरीमा विदेशबाट फर्किएका युवा व्यावसायिक बाख्रापालनतर्फ आकर्षित भएका छन् ।घरखर्च, व्यवहार चलाउन र छोराछोरी पढाउन विदेशिएका युवा स्वदेश फर्किएर बाख्रापालनमा लागेका हुन् । उनीहरूले बाख्रापालनलाई वैदेशिक रोजगारीको विकल्प बनाउन थालेका छन् । विदेशमा दुःख, कष्ट सहेर काम गर्दा समेत सोचेजस्तो सफलता हात नपरेका र राम्रै कमाइ गरेका हरूका लागि समेत बाख्रा पालन आकर्षण बनेको छ ।रोजगारीका लागि ३ वर्ष साउदी अरबमा काम गरेर २०७१ सालमा घर फर्किएका लमही नगरपालिका– ९ रिहारका मानसिँह वलिले ब्याबसायिक बाख्रापालन गर्न थालेको करिब ५ बर्ष भयो । बिदेश बाट फर्किए लगत्तै ३ वटा बाख्रा बाट ब्यबसाय शुरु गरेका वलीको ५ जनाको परिवार अहिले बाख्रामै निर्भर छ । त्यही ३ वटा बाख्रापनि पछि फर्काउने गरि स्थानिय सहकारीले उपलब्ध गराएपछि वलि बाख्रापालन तर्फ अाकर्षित भएका हुन् । अहिले उनी सँग परम्परागत लोकल जातका बाख्रा मात्र ५१ वटा छन् । बाख्राबाटै बार्षिक २ लाख रुपैया अाम्दानी गरेको वलि बताउँछन् । अरुलाई व्यावसायिक कृषीप्रति आकर्षित गराउने उद्देश्यले कृषि व्यवसाय अँगालेको वलिले बताए ।वलि जस्तै ६ वर्ष साउदीमा काम गरेर फर्किएका लमही– ७ कप्तान गञ्जका लिलाराम केसीले पनि ब्याबसायिक बाख्रा पालन गर्न थालेको ६ बर्ष पुग्यो । बाख्राबाटै बर्सेनी १ लाख ५० हजार रुपैयाँ भन्दा बढि अाम्दानी हुने गरेको केसीले सुनाए । अहिले उनको ४५ वटा बाख्रा छन् ।खसी, बोका र बाख्रा बिक्रि गरेर मात्र होईन, तिनिहरुको अतिरिक्त मल बेचेर पनि ३० हजार भन्दा बढी आम्दानी हुने गरेको कृषकहरूको भनाइ छ । साबिक सतबरियामा प्रायले थोरै भएपनि बाख्रा पालन गरेको देख्न सकिन्छ ।वर्षमा ३/४ लाख कमाउन विदेशमा गएर दुःख गर्न नपर्ने प्राय कृषकको अनुभव छ । ५० भन्दा बढि माउ बाख्रा पालन गर्न सके सबै कृषकको जीवनस्तर सुधार हुने कृषकहरु अनुभब सुनाउँछन् । अनुकूल भूगोल, सजिलो, कम लगानीमा छिटो आम्दानी लिन सकिने भएकाले पनि बाख्रा पालन व्यवसाय धेरै कृषकको रोजाइमा परेको छ । कतिपयले विदेशको अनुभवले बाख्रा पालन गरेका छन् भने कोही कृषकले आफैं सिकेर व्यवसायमा होमिएका छन् ।बाख्राहरु बिक्रि बितरणका लागि बजार धाउन नपर्ने र अाफैले निर्धारण गरेको मूल्य पाउने भएकाले पनि बाख्रा पालन तर्फ कृषक अाकर्षित भएको पशु बिज्ञहरु बताउछन् । सतबरियामा उत्पादन भएका बाख्राहरु दाङ्ग सहित पोखरा, काठमाण्डौ सम्म बिक्रि बितरण हुने गरेको अर्की किसान दुर्गा घर्तिले बताईन । व्यापारी हरु बाख्रा खोज्दै घरै सम्म अाउँछन्, कहाँ लगेर बेचौला भन्ने चिन्तै हुदैन घर्तिले भनिन् । असोज शुरु भए सँगै महँगो रेटमा लान्छु भन्दै ब्यापारीको तछाड मछाड हुने गरेको कृषक हरु बताउँछन् । असोजदेखी बैशाख सम्ममा निरन्तर बाख्रा बिक्रि हुने र जति उत्पादन भएपनि सधै कम पर्ने कृषक हरुको बुझाई छ ।

    Advertisement

    बाख्रापालकका लागि बजेट बिनियोजन ।ल

    लमही नगरपालिका वडा नम्बर ७,८ र ९ (साबिक सतबरिया गाबिस) मा मात्र ४० भन्दा बढि ब्याबसायिक बाख्रा पालन गर्ने कृषकको सँख्या २ सय ५० रहेको लमही नगरपालिका पशु सेवा उपशाखा कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जसमध्य साबिक सतबरियाका अमिलिया, हर्दवा, रिहार, शिबखोला, बाँगेताल, जहरे, गणेशपुर, उच्चानिम्बु, कप्तानगञ्ज, बनघुस्री, हसनापुर लगायतका स्थानियले ब्याबसायिक बाख्रापालन गर्दै अाईरहेका छन् ।बाख्राको पकेट क्षत्रको रुपमा रहेको साबिक सतबरियाका कृषक हरुका लागि लमही नगरपालिकाले प्रत्यक अार्थिक बर्षमा विभिन्न शिर्षकमा बजेट बिनियोजन गरेको जनाएको छ । गोठ सुधार, बोयर जातका बोका, ब्याबसायिक बाख्रापालनका लागि तालिम गोष्ठी, अौषधोपचार, भ्याक्सिन, प्राबिधिक लगायतका शिर्षकमा बर्सेनि बजेट बिनियोजन गरिएको लमही नगरपालिका पशु उपशाखाले जनाएको छ । चालू अार्थिक बर्षमा सोही ठाउँका कृषकका लागि ६ लाख रुपैया बजेट बिनियोजन गरिएको पशु उपशाखा कार्यालय लमहीका प्रमुख हेमराज शर्माले जानकारी दिए । शर्माका अनुसार बिनियोजित रकम पशु स्वास्थ्य सिविर सञ्चालन, अापतकालिन अबस्थामा फिल्डमै प्राबिधिक खटाउने, बाख्राका लागि प्रत्यक महिना भ्याक्सिन, अौषधी लगायतका शिर्षकमा खर्च गरिनेछ ।

    आइतबार, असोज ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • २.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ३.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ४.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ५.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ६.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ७.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ८.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...