• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ९. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • १०. धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

लेखापाल नहुँदा प्यूठान अस्पताल थलियो


  •   शनिबार, भदौ १४, २०७६ मा प्रकाशित
  • प्यार अलि खाँन,प्यूठान जिल्लाको एक मात्र प्यूठान अस्पतालमा लेखापाल नहुँदा अस्पतालको दैनिक सेवा संचालन प्रभावित बन्दै गएको छ । करिब २ वर्ष अघिबाटै लेखापाल नहुँदा अस्पतालको दैनिक आथिक कारोवार तथा सेवा प्रभावित बन्दै गएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा–शेषराज घिमिरेले बताए । “दैनिक रुपमा सर्जिकल तथा औषधिहरु खरिद गर्नुपर्ने हुन्छ ।” घिमिरेले भने, “लेखापाल नहुँदा टेण्डर तथा खरिद प्रक्रियानै पूर्णरुपमा प्रभावित भएको छ ।” लेखापालको जिम्मेवारी जानी–नजानी स्वास्थ्य कर्मचारीहरुले बहन गर्नुपरेको डा–घिमिरेले गुनासो पोखे । समस्याबारे वारम्वार जानकारी गराएपनि सुनुवाई तथा कार्यान्वयन नभएको डा–घिमिरे बताउँछन । अस्पताल व्यवस्थापन समितिले कोटेशन मार्फत २५ लाख रुपैयाँको औषधि तथा औषधीजन्य सामाग्रीहरु खरिद गरेपनि समस्या नटेर्नै घिमिरेले बताए । “अब मात्र १५ दिनलाई पुग्ने औषधी स्टोर छ ।” घिमिरेले भने, “यही अवस्था रह्यो भने अस्पतालको सेवाहरु घटाउँदै लानुपर्ने अवस्था सिर्जना हुनेछ ।”सुत्केरी हुन आउने महिलाहरुलाई यातायात खर्च वापत दिईने २ हजार र चार गर्भजाँच वापत दिईने ८ सय रुपैयाँ समेत दिन नसकिने अवस्था आएको अस्पताल प्रशासनले जनाएको छ । लेखा तथा दाखिलाको जोखिम स्वास्थ्य कर्मचारीले व्यक्तिगत रुपमा लिन नसक्ने अस्पताल प्रशासनको भनाई छ ।“हामीले लेखाको समस्टिगत प्रक्रिया जान्दैनौँ ।” अस्पताल सुपरिटेण्डेन्ट घिमिरेले भने, “कसरी रिश्क उठाउने, काम चलाउ गरियो, अब गर्न गाह्रो भयो ।” अस्पतालको मर्मत सम्भार तथा बजेट कार्यान्वयन समेत फितलो हुँदै गएको घिमिरे बताउँछन् । लेखापाल नहुँदा औषधी खरिद भुक्तानी तथा अस्पताल मर्मतसम्भारका संम्पूर्ण कामहरु पूर्णरुपमा प्रभावित भएको छ ।लेखापालको अभावमा अस्पतालको दैनिक तथा एम्बुलेन्स सेवाको आम्दानीलाई व्यवस्थित गर्न, कर्मचारी तलब भत्ता वितरणमा समेत सास्ती भएको प्यूठान अस्पतालले जनाएको छ । ५० सैयाको प्यूठान अस्पताल कागजमा मात्र सिमित हुँदा सेवाप्रवाहमा समेत जटिलता देखिदै आएको छ । दैनिक २ सय भन्दा बढी विरामीलाई सेवा दिने प्यूठान अस्पतालको स्तरबृद्धिमा राज्यको समयमै ध्यान जानुपर्ने र स्थानीय सरकार बढी जिम्मेवार हुुनुपर्ने प्यूठानी अगुवाहरु बताउँछन् ।८ जना विशेषज्ञसहित ११ औँ तहको मेडिकल सुपरिटेण्डेन्ट दरबन्दी अहिलेसम्म पुरा हुन सकेको छैन् भने हाल अस्पतालमा ५ जना मेडिकल अधिकृत र १ जना छात्रावृत्ति करारका एमडिजिपी डाकटरले अस्पतालमा सेवा दिदै आएका छन् ।

    Advertisement

    शनिबार, भदौ १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • २.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ३.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ५.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ७.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ८.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...