Advertisement
-दीपक एम.सी.
अरु सबै भएनी सत्यको बलात्कार नहोस् !
दोषी उम्कने निर्दोषीलाई अत्याचार नहोस् !!
सत्य अटल हुन्छ, शाश्वत अनि अमिट हुन्छ
खबरदार! कसैको निर्देशनमा तयार नहोस् !
निर्दोषलाई फसाउन नाट्क मञ्चन हुन सक्छ,
सेटिङ्कै पात्र खरिद अनि कलाकार नहोस् !
सत्य र न्यायको घाँटी निमोठेर हत्या गरी
बिजय उत्सव मनाउने सपना साकार नहोस् !
(२०७६/०५/०७)