पाल्पा। जिल्ला सदरमुकाम तानसेन–१२ को मौवरडाडामा खानेपानीको चर्को समस्या छ । उनिहरुले बर्षौ अघि देखि खानेपानीको सास्ती झेल्दै आएका हुन।जिल्ला सदरमुकामको चहलपहल हुने क्षेत्रदेखि करीब तीन किलोमिटर नजिकको दूरीमा रहेको उक्त गाउँका स्थानियहरुलाई डोको र नाम्लोको भरमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ। बाहै्र महीना उकालोमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता नहटेको स्थानीयवासी गुनासो गर्छन। “न हिउँद भन्नु छ, न वर्षायाम डोकोमा ग्रागी हालेर पानी बोक्नुपर्ने बाध्यता हटेको छैन्”, स्थानिय फूलमाया विकले गुनासो पोखिन ।तानसेन क्षेत्र रहेको बस्तीमा वर्षायाममा पनि १५ मिनेट जति ओरालो झरी पानी बोकेर उकालो बाटो ल्याउनुपर्ने बाध्यता छ ।दलित बस्तीमा मोटरबाटोको समेत पहुँच नहुँदा व्यवसाय गर्न समस्या रहेको छ । तानसेन नगरपालिका–१२ का वडा सदस्य पविसरा विश्वकर्माले खानेपानी र सडकका लागि पहल भएको र आयआर्जनका लागि यस आवमा कार्यक्रम सञ्चालन गर्ने बताए ।
बर्षायाममा पनि खानेपानीको पिरलो
बर्षायाममा पनि खानेपानीको पिरलो

Advertisement
तपाईको प्रतिक्रिया