लमही। दाङ जिल्लाको लमहीमा रहेको एक फर्निचर उद्योगमा आगोलागी भएको छ। शुक्रबार राती भएको आगलागिमा करिब ६० लाख बराबरको नोक्सानी भएको छ । लमही नगरपालिका ५ मा रहेको रवि पर्निचर राति करिब १ बजे आगलागि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विनोद विक्रम शाहले बताउनु भयो । विद्युत सर्ट भई आगो सल्किएको र विहान तीन बजे लमही नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीको सक्रियतमा आगो निभाइएको प्रहरी जनाएको छ ।
Advertisement