भैरहवा। सशस्त्र प्रहरीले भन्सार छली गरेर ल्याउँदै गरेको सामान पक्राउ गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल न.३८गुल्म हे.क्वा. (रा.भ.सु.) गुल्म हेक्वाराभसु रुपन्देहीबाट सप्रनाउ गोविन्द बहादुर खातीको कमाण्डमा खटि गएको गाडी मोवाईल टोलीले जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकामा चेकजाँच गर्ने क्रममा पक्राउ परेको हो ।भारतबाट भन्सार छलि अवैध रुपमा चोरी पैठारी गरी दिल्लीबाट बुटवल तर्फ आउँदै गरेको लु.१ ख. ६६४९ नम्बर को नेपाल– भारत –दिल्ली बुटवल चल्ने यात्रु बाहक बसमा फल्सबटन बनाई लुकाई छिपाई भारतबाट नेपालतर्फ अवैध रुपमा चोरी पैठारी गरी ल्याउदै गरेको विभिन्न किसिमका लत्ता कपडाहरु रहेको छ ।भन्सार मुल्य छ लाख पचास हजार दुई सय पचास बराबरको र ढुवानीमा प्रयोग गरिएको सवारी साधनको भन्सार मुल्य रु। पच्चिस लाखसमेत गरी जम्मा भन्सार मुल्य रु। एकतिस लाख पचास हजार दुई सय पचास सहित जफत गरेको छ ।बसमा लुकाइछिपाइ ल्याइएका सामानहरु चुन्नी ७० पिस, ट्राउजर ३७ पिस, ब्रा पेन्टी सेट ९ पिस, ब्रा २४ पिस, पार्टी ब्लाउज २० पिस, लेहङ्गा ५८ पिस, साडी ३६ पिस, टप्स ४९२ पिस, टप्स ट्राउजर सेट २०४, लेडिज सुट ३४३ पिस रहेको सप्रनाउ गोविन्द बहादुर खातीले बताए ।बस चालक स्याङ्जा जिल्लाको गल्याङ १ मालुङगा बस्ने ३६ वर्षिय राजु सुनार, सहचालक सोही ठाउँकै २५ वर्षिय यमबहादुर सुनार लाई पनि पक्राउ गरीएको छ । प्रकाउ पर्ने व्यक्ति दुवै जनालाई आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।
भन्सार छलि ल्याएको ३१ लाख भन्दा बढीको सामान प्रहरीद्धारा बरामद
भन्सार छलि ल्याएको ३१ लाख भन्दा बढीको सामान प्रहरीद्धारा बरामद

Advertisement
तपाईको प्रतिक्रिया