नेत्र मरासिनी,अर्घाखाँची।सितगङगा नगरपालिका का नगरप्रमुख सुर्य प्रसाद अधिकारिले अाफुले ५ बर्ष सम्म नगरपालिका बाट राज्यले उपलब्ध गराउने पारिश्रमिक बापतको रकम सितगङगा नगरपालिका भित्रका १२ माध्यमिक बिधालय हरुको शैक्षिक सुधारका लागि उपलब्ध गराउने उदघोषको कार्यन्यन गर्नु भएको छ ।उहाले एक समारोहबीच सितगङगा नगरपालिका वार्ड नम्बर १४ मा रहेको पाबरा माध्यमिक बिधालय लाई १ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गर्नभएको हो ।सो बिधालय को शैक्षिक सुधारका लागि अाफुले राज्यकोषबाट अाउने पारिश्रमिक पाबरा माध्यमिक बिधालय लाई हस्तान्तरण गर्न पाउँदा अाफु निकै हर्सित रहेको बताउनु भयो ।बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बिधालयका प्रअ लाई वार्ड नम्बर १४ का अध्यक्ष दामोदर न्यौपाने सहित स्थानिय बासिको रोहवरमा चेक हस्तान्तरण गरिएको थियोे ।नेपाल को भौगोलिक रुपमा सबैभन्दा ठूलो नगरपालिका ले नमुना काम गरिरहेकाले सहयोग गर्न नगरबासिलाई अाग्रह गर्नु भयो ।नेपाली काङ्ग्रेस बाट नगरप्रमुखमा निर्बाचित अधिकारिले गरेको काम प्रति त्याहाका स्थानिय निकै हर्सित बनेका छन ।अन्य जनप्रतिनिधि ले त्यस्तै काम गरे मा बिधालय हरुको शैक्षिक सुधार हुने जिल्ला बासिको अपेक्षा गरेका छन ।
यी हुन आफ्नो पारिश्रमिक बिधालयलाई हस्तान्तरण गर्ने मेयर
यी हुन आफ्नो पारिश्रमिक बिधालयलाई हस्तान्तरण गर्ने मेयर

Advertisement
तपाईको प्रतिक्रिया