प्यूठान । जिल्लामा गत आर्थिक वर्ष ०७५÷०७६ मा डेढ अर्व भन्दा बढि बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले उपलव्ध गराएको तथ्याङ्ग अनुसार १ अर्ब ५६ करोड ८० लाख ५८ हजार ४ सय ३६ रुपैया“ बजेट फ्रिज भएको छ ।प्रदेश सरकारबाट प्राप्त चालु र पूजीगतको ७६ दशमलव ३६ प्रतिशत मात्र बजेट खर्च भएको कार्यालयका र्सूचना अधिकारी महेन्द्र श्रेष्ठले बताए। । प्रदेश सरकारले सयममै बजेट जिल्लास्थित कार्यालय तथा स्थानीय तहलाई उपलव्ध गराउन नसकेका कारण धेरै रकम फ्रिज भएको हो । यो खर्च प्रतिशत संघको भन्दा झण्डै २५ प्रतिशत बजेट कम खर्च भएको छ ।जिल्ला भित्रिएको जम्मा बजेट ६ अर्ब, ४३ करोड ९६ लाख ७४ हजार ५ सय ६ रुपैया“ मध्य ४ अर्व, ९१ करोड, ७५ लाख ३८ हजार ५ सय ८ रुपैया“ मात्र खर्च भएको छ ।बजेटको आकार बढाउने तर खर्च गर्न नसक्दा विगतदेखि नै सरकारको आलोचना हुँदै आएको छ । प्रदेशको तुलनामा संघ तर्फको बजेट खर्च प्रतिशत भने बढि रहेको छ । संघ तर्फ आएको चालु र पूजीगत तर्फ विनियोजन भएको रकम मध्ये ९१ दशमलव ३३ प्रतिशत रकम खर्च भएको छ ।स्थानीय तहले पनि अपेक्षित रुपमा बजेट खर्च गर्न सकेका छैनन् । त्यसो त स्थानीय तह तथा जिल्लास्थित कार्यालयहरुको कर्मचारी व्यवस्थापनमा समस्या तथा बजेट खर्च गर्ने अख्तियारी ढिलो आएका कारण ठूलो मात्रामा बजेट खर्च हुन नसकेको बताइन्छ ।जिल्लामा रहेका प्यूठान नगरपालिकासहित नौ वटा स्थानीय तहको बजेट पनि फ्रिज भएको छ । कुन स्थानीय तहबाट कति रकम फ्रिज भयो भन्ने तथ्यांक कोष तथा लेखा नियन्त्रण कार्यालयमा नआइपुगेकाले जिल्लाका स्थानीय तहबाट फ्रिज भएको रकमको विवरण आउन बा“की रहेको कार्यालयले जनाएको छ । प्रारम्भिक सूचना अनुसार पूँजीगत बजेटको करीव ७० प्रतिशतको हाराहारीमा मात्र स्थानीय तहले खर्च गरेका गरेका छन् ।प्रदेश सरकारका कार्यक्रम असार ३० गतेसम्म आएको बताइन्छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुस्कल श्रेष्ठका अनुसार असार ३० गते सम्म प्रदेशबाट कार्यक्रम आएकोले पैसा खर्च गर्न समसया भएको बताए । प्यूठानमा सडक निर्माण तथा मर्मत, पक्कि पुल र झोलुंगे पुलको काम गर्ने रोल्पा र पूर्वी रुकुम समेत कार्यक्षेत्र रहेको भौतिक पूर्वाधार विकास कार्यालयले यस वर्षको ७९ करोड ७९ लाख बजेट मध्य ६२ प्रतिशत बजेट मात्र खर्च गरेको छ ।कार्यालयका सूचना अधिकारी ईन्जिनियर बिरेन्द्र कडेलले बजेट कम खर्च हुनुमा टेण्डर गरिएको योजनामा ठेकेदारले धेरै प्रतिशत छोडेर काम गर्नु तथा कार्यालय स्थापना गर्दा कहाँ रहने भन्ने अन्योलताले कम बजेट खर्च भएको प्रष्टाए । पूर्वाधार कार्यालयले यस वर्ष प्यूठानमा ७ दशमलव २७ किलोमिटर नया“ सडक, ४७ किलोमिटर पूरानो सडक स्तररोन्ती २०० मिटर ह्युमपाइप विछ्याएको छ ।
प्यूठानमा गत आर्थिक बर्षको बजेट डेढ अर्बभन्दा बढी फ्रिज
प्यूठानमा गत आर्थिक बर्षको बजेट डेढ अर्बभन्दा बढी फ्रिज

Advertisement
तपाईको प्रतिक्रिया