सुवास गाैतम, अर्घाखाँची । जिल्लाको पाणिनी गाउपालिकाले कृषिलाई आधुनिकीकरण गर्दै लैजाने उद्देश्यले किसानहरूलाई ७ हर्ज पावरका ३४ वटा हाते ट्याक्टर वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्याक्टर वितरण गरिएको हो । बत्तीस हजार मुल्यका ३४ वटा हाते ट्याक्टर अनुदानमा कृषकहरुलाई उपलब्ध गराईएको गाउपालिकाले बताएको हो।पाणिनी गाउपालिकाकाे दुर्गाफाटमा आयोजित हाते ट्याक्टर बितरण कार्यक्रममा बोल्दै गाउपालिका अध्यक् अच्युत गाैतमले गाउपालिका अर्घाखाँचीकाे एक नमुना गाउपालिका बनाउने तर्फ अगाडि बढेकाेले सबैकाे साथ सहयाेग र सुझाव सहित अगाडि बढने बताउनु भयाे। गाउपालिकाकाे बिकास गर्नका लागि कुनै कसर बाकि नराख्ने र सबै सग सहकार्य गरि बिकास गर्नु पर्ने कुरामा जाेड दिनु भयाे। साेहि कार्यक्रममा बाेल्दै गाउपालिका उपाध्यक्ष लक्ष्मी गाैतमले पाणिनी गाउपालिकाका किसानलाई कृषिमा अात्मनिर्भर बनाउनका लागि हाते ट्याक्टर वितरण गरिएकाे बताउनु भयाे। प्रमुख प्रसासकिय अधिकृत जनकराज पन्थीले कृषि क्षेत्रकाे बिकास गरेमा पाणिनि गाउपालिका अार्थिक सम्बृद्वि तर्फ अगाडि बढने बताउनु भयाे। ती ट्याक्टर पाणिनी गाउपालिकाका कृषि समूह तथा सहकारिहरूलाइ बितरण गरिएकाे हाे। उक्त कार्यक्रम दधिराम अधिकारिकाे सन्चालनमा सम्पन्न भएकाे हाे
गाउपालिकाले दियो कृषकलाई आधुनिक हाते ट्याक्टर
गाउपालिकाले दियो कृषकलाई आधुनिक हाते ट्याक्टर

Advertisement
तपाईको प्रतिक्रिया