सागर थापा,दाङ। नारीहरुको महान चाड हरितालिका तीज नजिकिए सँगै नेपाली सांगीतिक बजारमा एक पछि अर्को गर्दै तीज गीतहरु सार्वजनिक हुने क्रम जारी छ।यसै क्रममा पार्वती थापाको शब्द र तृप्ति खड्का (गुरुङ)को संगीतमा “नेटो काटम की यसपाली” बोलको गीत सार्वजनिक भएको छ । बुधबार मात्र युएस मिडिया नेट्वर्कको युटूब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको हो। गीतमा गायिका रेश्मा केसी, तृप्ति खड्का (गुरुङ) र सन्दिप न्यौपानेको आवाज रहेको छ भने उक्त गीतको भिडियोमा प्रकाश खड्काको छायांकन र बिक्रम चौहानको निर्देशन रहेको छ।यस गीतको भिडियोमा अन्जली अधिकारी, करिश्मा ढकाल, बिजय गुरुङ र सन्दिप न्यौपाने स्वयमको दमदार अभिनय हेर्न सकिन्छ।
Advertisement