टेक बहादुर पुन,देउखुरी । दाङको लमही नगरपालिकाले अाय ब्यय २०७६/२०७७ का लागि नीति तथा बिनियोजित कार्यक्रम र बजेट सार्बजनिक गरेको छ । नगर प्रमुख कुलबहादुर केसीले मङ्गलबार नगरको पाँचौ नगर सभाको अबसरमा प्रस्ताबित नीति तथा कार्यक्रम बारे जानकारी गराउनु भएको हो, भने उपप्रमुख देबका बेलबासेले नीति तथा कार्यक्रमको सफल कार्यान्वयन गर्नका लागि अनुमानित बजेट सार्बजनिक गर्नु भएको हो ।अागामी अा.व. २०७६/७७ का लागि कुल अाय रू. ६५ करोड, १४ लाख, ९८ हजार रूपैया सार्बजनिक गरिएको छ । जसमध्य अान्तरिक श्रोत तर्फ रू १५ करोड र सँघिय तथा प्रदेश सरकार समानीकरण श्रोत अनुदान तर्फ रू १५ करोड, ११ लाख, ३८ हजार बजेट रहेको छ । त्यस्तै राजस्व बाँडफाँड तर्फ रू १३ करोड, ३४ लाख, ६० हजार छ भने शसर्त अनुदान तर्फ रू १८ करोड, १९ लाख रूपैया हुने अनुमान गरिएको छ । त्यस्तै उप प्रमुख बेलबासेले चालू खर्च रू १३ करोड, ५५ लाख, ९८ हजार बिनियोजन गरिएको छ भने पुँजिगत तर्फ रू ५१ करोड, ५९ लाखको खर्च अनुमान सार्बजनिक गर्नु भएको हो । चालू तर्फ बिनियोजित बजेट कर्मचारी तलब भत्ता, कार्यालय सञ्चालनका विविध क्षत्रमा खर्च गरिने बेलबासेले जानकारी दिनुभयो ।नगर अन्तर्गतका अाम नागरिकको माग र चाहना अनुसार वडाबाट माग भएका पुर्बाधार बिकाशका योजना हरूमा बढि रकम बिनियोजन गरिएको नगरपालिकाले जानकारी दिएको छ ।नगर प्रमुख केसीले गुणस्तरीय शिक्षाको आधारशिला निर्माण, नागरिकको आधारभूत स्वास्थ्यको प्रत्याभुती, कृषि सेवा कार्यक्रम, पूर्वाधार विकास, विपद् ब्यवस्थापन, वन तथा वातावरण संरक्षण, खेलकुद तथा युवा स्वरोजगार लगायतका कार्यक्रमलाई नगरको दिगो विकास क्षेत्र, नीति र प्राथमिकताको रुपमा उल्लेख गर्नुभयो ।
त्यस्तै केसीले आगामी बर्षका लागि पूर्वाधार विकासका कार्यक्रमहरु संचालन गर्ने, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण गरिने नीति तथा कार्यक्रमहरू सार्बजनिक गर्नुभयो । वातावरण मैत्री वस्तुको उपयोगका लागि प्रकृति प्रदत्त दुना, टपरी र माटोको गिलास, कप उत्पादन र प्रयोग लाई प्रोत्साहन एबम प्रवर्दन गर्न उद्यमी तथा उद्यमशिलतालाई विशेष अनुदान रकम उपलव्ध गराईने भएको छ । “नगर समृद्दिका अाधार: शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्बाधार” भन्ने नारा सहित लमही नगरपालिकाको पाँचौ नगर सभा शुरू भएको हो ।
लमही नगरपालिकाको ६५ करोड, १४ लाख, ९८ हजार बजेट सार्बजनिक
लमही नगरपालिकाको ६५ करोड, १४ लाख, ९८ हजार बजेट सार्बजनिक

Advertisement
तपाईको प्रतिक्रिया