• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, मङि्सर २२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

लोकप्रिय समाचार

  • १. प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

  • २. २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

  • ३. एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

  • ४. राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

  • ५. क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

  • ६. दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

  • ७. गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

  • ८. नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

  • ९. सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू

  • १०. गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल

भ्रष्टाचार गर्ने कसैलाई पनि छाडिन्न:अख्तियार प्रमुख गैरे


  •   शुक्रबार, जेठ ०३, २०७६ मा प्रकाशित
  • सागर थापा/महेन्द्र सिंह,नेपालगन्ज । बाँके जिल्लामा केही समय अघि सम्म अख्तियारको त्रास सेवाप्रदायक कार्यालयहरुमा ब्याप्त थियो। साता पिच्छेनै कुनै न कुनै कर्मचारीहरु घूस सहित पक्राउ पर्ने सिलसिला पनि जारि थियो। तर,अचेल के भइरहेको छ त?
    सेवाग्राहीले घूस दिएपनि अख्तियार कर्मचारीलाई जानकारि नदिने गरेको तथ्य बाहिर आएको छ।केही महिना अघि सम्म िस्टङ्ग अपरेसन गर्दै धमाधम घूस सहित कर्मचारी पक्राउ गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग अहिले चर्चामा आउन छाडेको छ केही दिन अघि स्टिङ्ग अप्रेसन गर्ने क्रममा ३ लाख रकम सहित फरार भए पछी अख्तियारलाई गाह्रो भएको थियो ।
    सेवाग्राही पनि आफ्नो आवश्यकता र सुबिधा अनुसार घूस दिएर काम गराउछन्, कसैलाई भन्नको तुक नरहेको उनिहरुको ठम्याइ छ। तर अख्तियारका अधिकारिहरु भन्छन् ‘सेवाग्राहीले इमानदारीता देखाउन छाडेकोले काम गर्न कठिनाइ भएको हो`
    सरकारि कार्यालयमा िस्टङ्ग अपरेसनको तयारीमा रहेका अख्तियारका एक अधिकारिले भने अख्तियार सुस्ताएको होइन सेवाग्राहीले असहयोग गरेका हुन,`। हामी दिनहु ड्युटीमा भएपनि काम सफल हुदैन, हाम्रेेेै आँखा अगाडि घूस दिएको घटना हुन्छ,ती अधिकारिले भने, `तर सेवाग्राहीले गुनासो र उजुरि गर्न मान्दैनन्`। बाँकेमा नेपालगन्ज भन्सार उच्च अदालत नापि कार्यालय, मालपोत, जिल्ला प्रशासन, जिल्ला वन कार्यालय,नेपालगन्ज उपमहानगरपालिका, कोसेबालि विकास कार्यालय लमही सडक बिभाग नगरपालिका दाङ राजपुर सतबरिया उच्च माद्यामिक बिधालय लगाएतमा अख्तियारले छापा हानेर घूस सहित कर्मचारीहरुलाइ पक्राउ गरेको छ।

    Advertisement

    त्यस बाहेक भेरि अन्चल अस्पताल, पप्पु कन्स्ट्रक्सन लगाएतको कार्यालयबाट फाइल बुझेको अख्तियारले सन्तोषजनक कार्वाही नगरेपछि सेवाग्राही बिस्तारै सुचना दिनबाट पन्छिन थालेका हुन्। मैले सुचना दिएर कार्वाहि गर्न लगाएपछि खासै केही भएन मुद्दा नै कमजोर पार्ने काम अख्तियारबाट भयो एक सेवाग्राहीले भने `अख्तियारको बिश्वसनियता काएम नभएकोले उजुरि र जानकारि दिन छाडिएको हो।
    ` नेपालगन्जका सेवाप्रदाएक सरकारि निकाएमा घूस दिएर काम लिनु सामान्य भइसकेको छ । न कसैले गुनासो गर्छ न कुनै निकाएले कार्वाहि नै। अख्तियार माथि भरोसा रहेन नेपालगन्ज वडा नँ.१२ बस्ने जाबेद खानले भने कार्वाहिको नाममा मुद्दा मिलाउने प्रमान मेटाउने र सेवाग्राहीलाई अनावश्यक फसाउने काम गरेकोले घूस दिनु नै उत्तम देखा परेको हो`। बाँकेमा कोहलपुर नगरपालिका नगर बिकास नेपालगन्ज नापि कार्यालय सम्म िस्टङ्ग अपरेसन गरेर अख्तियारले सरकारि कर्मचारिलाइ घुस सहित पक्राउ गरेको बिषय हचेल सेलाउन थालेको छ।
    तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगजका प्रमुख गणेश गैरेले अख्तियारले उत्तिकै गतिमा काम गरिरहेको दावि गरेका छन्। `पहिलाे कुरो त इमानदारीता नै हो कुराकानी गर्दै प्रमुख गैरेले भने हामी निरन्तर काम गरिरहेका छोैँ, तर िस्टङ्ग अपरेसनको चर्चा बढि हुने भएकोले त्यस्तो काम अहिले सफल हुन सकिरहेको छैन`। अख्तियार सुतेको होइन र सुत्ने कार्यालय पनि होइन खबर 24 नेपाल सङको कुराकानीमा अख्तियार प्रमुख गैरेले भने मुद्दा र उजुरि आउने प्रक्रिया थामि नसक्नु छ `।
    स्टिङ्ग अपरेसनको तत्कालै चर्चा हुने भएकोले त्यो नहुदा अलि फितलो लाग्नु स्वभाविक हो, उनले भने `हामी मुद्दामा अनुसन्धान र कार्वाही गर्ने काम निरन्तर अघि बढाएकै छोैँ`।
    फिल्डमा अप्रेसन चलाउने कर्मचारी लागिरहेका छन्, लामो कुरा गर्दै गैरेले भने, सफलता हात नलाग्नुलाइ अस्वभाविक मान्न मिल्दैन। प्रयास गरेपछि कुनै न कुनै दिन सफलता प्राप्त हुन्छ नै, उनले भने। उत्तिकै जोस जाँगरका साथ काममा खटिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता हुने क्रममा आस आएको छ। प्रमुख गैरेले भने , तर पनि हामी आफ्नो स्तरबाट अत्यधिक प्रयासमा लागेका छोैँ।

    नेपालगन्ज क्षेत्रका केही सरकारी कार्यालयहरुमा आन्तरिक अनुसन्धान निगरानी भएको समेत प्रमुख गैरेले जानकारि दिए। स्टिङ्ग अप्रेशन सफल हुन सकेन, उनले भने, हामि र हाम्रो कर्मचारीहरु लागेको छन, चाँडै केही राम्रो खबर सु्न्न पाइन्छ। केही जिल्लाहरुमा घूस सहित पक्राउ गर्ने काम दाङमा पनि टोलिले तीब्र रूपमा निगरानी गर्दै आएको बताउदै गैरेले भने घुस लिने चाहे त्यो सानो रकम होस या ठुलो रकम होस भ्रष्टाचार गर्ने कोहीलाई पनि नछाड्ने बताए । कसैले घुस मागे जनताहरुलाइ अख्तियारको १०७ नम्बरमा फोन गरेर सहयोग गर्न आव्हान गरे ।

    शुक्रबार, जेठ ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

    • २.
      २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    • ३.
      एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य

    • ४.
      राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

    • ५.
      क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

    • ६.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    भर्खरै

    • १.
      काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

    • २.
      एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

    • ३.
      नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

    • ४.
      ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

    • ५.
      राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

    • ६.
      सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

    • ७.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    • ८.
      चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation