प्युठान। जिल्लाको सरुमारानी गाउँपालिकाले एक महिने निःशुल्क लोक सेवा तयारी कक्षाको बुधबार देखि सुरु गरेको छ ।गाउँपालिकाले पहिलो पटक निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सुरु गरेको हो । शैक्षिक योग्यता पुगेर पनि बेरोजगार बसेका युवालाई सरकारी सेवामा प्रवेश गराउन निःशुल्क कक्षा संचालन गरेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर ओलीले बताउनुभयो।
उहाका अनुसार सरकारी सेवा प्रवेश कक्षा सञ्चालनका लागि गाउँपालिकाले १ लाख ५० हजार बजेट समेत छुट्याएको छ । कक्षामा सरुमारानी गाउपालिका भित्रका ६ वटै वडाका ४० जना विद्यार्थीले सहभागिता जनाएका छन । एक महिना सम्म संचालन हुने आयोगका तयारी कक्षामा खरिदार र नायव सुब्बाको पाठ्यक्रमा आधारित तयारी कक्षा सुरु भएको गाउँपालीकाले बताएको हो । सरकारी सेवामा प्रवेश एवं पहँॅच न्यून रहेको यश क्षेत्रमा यो कार्यक्रम प्रभावकारी हुने स्थानीयको भनाइ छ ।सरकारी सेवा तयारी कक्षाबाट बेरोजगार युवालाई फाइदा पुग्ने अपेक्षा गाउपालिकाको छ ।बुधबार एक कार्यक्रमका विच गाउँपालीका अध्यक्ष झग बहादुर बिश्वकर्माले लोकसेवा आयोगको निःशुल्क तयारी कक्षाको उद्घाटन भएको हो ।
सरुमारानी गाउपालिकाले थाल्यो लोकसेवा तयारी कक्षा !
सरुमारानी गाउपालिकाले थाल्यो लोकसेवा तयारी कक्षा !
Advertisement
तपाईको प्रतिक्रिया