प्रिया स्मृती गजमेर,दाङ।
व्यापार ब्यबसाय संबंधित निकायमा दर्ता नगरेर राज्यलाई कर छल्दै र स्थानीय ब्यापारीलाई घाटा हुने काम गरेको भन्दै घुम्ती ब्यापारीलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ। तन्ना,ब्ल्यान्केट,गलैचा,कुर्ता सुरुवाल गरि एक सय चौध थान काचा कपडा सहित आठ जना भारतिय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुण कुमार सिंह,देउखुरी उधोग बाणिज्य संघ,पत्रकारको रोहबरमा अब आइन्दा यस्तो काम नगर्ने शर्तमा कागज बनाएर फेरि नेपालगन्ज हुँदै भारत फर्काईएको छ। ती घुमन्ते ब्यापारीले काचा कपडाहरु भारतिय बजार बाट ल्याएको र कैलाली नेपालगन्जका विभिन्न कपडा पसलका नाममा बिल बनाएर ल्याएका छन।
देउखुरी उधोग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले राज्यलाई कर छलेर अबैध तरिकाले सस्तो मुल्यमा बेच्ने गर्दा स्थानीय ब्यापारीलाई नोक्सान हुने गरेको बताए। सस्तो मुल्यमा नक्कली सामान बेच्ने,प्रायजसो गाउँ केन्द्रित हुने गर्दा ग्राहक बजार आउने बाटो नै बन्द गर्दिएको बताए जस्ले गर्दा बजारका ब्याबसायी मारमा परेका छन। श्रेष्ठले अब देखि लमही बजारमा यस्ता किसिमका ब्यापारीलाई पुर्णरुपले बन्देज लगाइने बताए।
अबैध कपडा सहित भारतिय नागरिक नियन्त्रणमा
अबैध कपडा सहित भारतिय नागरिक नियन्त्रणमा
Advertisement
तपाईको प्रतिक्रिया