कपिलबस्तु। नेपाली कागँ्रेसका वरिष्ठ नेता राम चन्द्र पौडेलले वर्तमान सरकारको कार्यशैली प्रती असन्तुष्ट व्यक्त गर्नु भएको छ । नेता पौडेलले दुई तिहाईको वामकपन्थी सरकार भएपनि जनतामुखी काम गर्न नसकेको आरोप लगाउनुभयो । कपिलवस्तुको चन्द्रौटामा नेपाली कांग्रेस नेता तथा कार्यकर्तालाई सम्वोधन गर्दै नेता पौडेलले कम्युनिष्ट सरकारले नेपाली कागँे्रसले गरेको ठुलो योजनामा गई फोटो खिचाउने काम मात्र गरिरहेको बताउनुभयो । उहाँले सरकारले एक बर्षसम्म काम गर्ने मेसो नै नपाएको दाबी गर्नु भयो । अहिलेको सरकार भ्रष्टचारमा मुखी बन्दै गएको भन्दै जनतामाझ परिचित भइररहेकोे आरोप समेत लगाउनुभयो । यस्तै नेता पौडेलले सुरुगरेको नेपाली कागँ्रेसले सुरु गरेको जगरण अभियानले कागँ्रेसलाई एक सुत्रमा बाध्ने गर्ने बताउनुभयो । नेपाली काग्रेस अबको निर्वाचनमा पहिलो पाटी बन्ने समेत उहाको दाबी थियो । कागँ्रेसमा बहिरा जस्तो देखीएपनि भित्री रुपमा एकता रहेकोले कुनै द्धिविधा नपर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रर्ता भेटघाट कार्यक्रममा नेपाली कागँ्रेसका नेता अर्जुन नरसिहं केसी, युवा नेता गगन कुमार थापा, कपिलवस्तुका जिल्ला सभापती सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं ३ का सांसद अभिषेक प्रताप शाह लगायत नेताहरुको समेत उपस्थिती रहेको थियो ।